Thursday, December 9, 2021
Home > समाचार > एक गर्भवती महिलाको क्वारेन्टाइनमै निधन

एक गर्भवती महिलाको क्वारेन्टाइनमै निधन

राजविराज ।

कोरोनाको लक्षण देखिएकी १८ साताकी एक गर्भवती महिलाको क्वारेन्टाइनमै निधन भएको छ । चिकित्सकको सल्लाहले घरमा क्वारेन्टाइनमा बसेकी गर्भवतीको मंगलवार निधन भएको हो । उनलाई अत्यधिक ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या थियो । सप्तरीको कञ्चनरुप(११ ठेलिया गोरपारकी २४ वर्षीया गर्भवतीको निधन भएपछि उनको स्वाव परिक्षणको तयारी सुरु भएको छ ।

गत १० दिन देखि १ सय २ ज्वारे देखिएकी उनी यस अघि स्वास्थ्य चौकीमा उपचारका लागि पुगेकी थिइन् । स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीको सहल्लाहमा उनी घरमै क्वारेन्टाइनमा बसेकी थिइन् । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवलाई यस विषयमा जानकारी थियो । ति महिलालाई सुरक्षित होम क्वारेन्टाइनमा बस्न भनिएको उनले बताए ।

१० दिन सम्म पनि ज्वरो निको नभएपछि उनलाई राजविराज ल्याउने तयारी गरिरहेका बेला निधन भएको परिवारका सदस्यले बताए । राजविराज स्थित डाक्टर विनिता यादवको क्लिनिकमा स्वास्थ्य जाँच गराएकी उनलाई चिकित्सकले नै होम क्वारेन्टाइनमा बस्न भनेकी थिइन् ।

चिकित्सकले पिसाबको संक्रमण (यूटीआई) को औषधि दिएर होम क्वारेन्टाइनमा रहन सल्लाह दिएर घर पठाएको परिवारका सदस्यले बताएका छन् । उनी घरमै भएको बेलामा वैशाख २८ गते उनको घरबाट नन्दको विवाह समेत भएको छ । कोरोनाको लक्षण देखिएको महिलाको निधन भएपछि स्वाव संकलन थालिएको र त्यसको रिपोर्ट नआउँदा सम्मका लागि परिवारले अनत्यष्टि समेत गर्न नमिल्ने स्वास्थ्य कार्यालयले जनाएको छ । उनका यस अघि पनि जुम्ल्याहा बच्चा छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!