Thursday, December 9, 2021
Home > भिडियो > सिधै यस्तो भन्छन्ः ‘हामीलाई सिडियोले त केहि गर्दैनन्, भिडियो खिच्ने तपाई को हो?’ (भिडियो हेर्नुस्)

सिधै यस्तो भन्छन्ः ‘हामीलाई सिडियोले त केहि गर्दैनन्, भिडियो खिच्ने तपाई को हो?’ (भिडियो हेर्नुस्)

सल्यान । १२ देखि १५ रुपैयाँमा मास्क खरिद गरेर ३० रुपैयाँसम्म बिक्री गर्ने श्रीनगरका मिडिकल संचालकले आफ्नो व्यापार आफुखुसी गर्न पाउने बताएका छन् । लेकाली अनलाइनले मास्कमा कालोबजारी भएको प्रमाण सहितको भिडियो सार्वजनिक गरेपछि श्रीनगर स्थित अन्नपूर्ण आयुर्वेद मेडिकल सेन्टरका संचालक आक्रमक बनेका छन् ।

शुक्रबार लेकाली अनलाइनले मास्कमा कालोबजारी भएको भिडियो सार्वजनिक गरेपछि शनिबार अन्नपुर्ण आयुर्वेद मेडिकलका संचालक धर्मराज थापाले आफुले मास्क जति मुल्यमा पनि बेच्नसक्ने बताएका छन् । सडकमा हिडिरहेका लेकाली अनलाइनका सम्पादक खकेन्द्र केसीलाई बाइक रोक्दै आफ्नो पसल बाहिर बोलाएर उनले भने, ‘अहिलेसम्म त यहाँ सिडियोले केहि गर्न सक्नु भएको छैन्, तपाई भिडियो बनाउने को हो ? भिडियो बनाए भनेर तपाईलाई खुबै खुसी लागेको होला नी ?

त्यस्तै उनले थपे, ‘तपाईले मास्कको मुल्य टाँस्नुहोस भनेर हामीलाई सिकाउने ? म मुल्यसुल्य केहि टाँस्दीन, मेरो खुसीले सामान बिक्री गर्छु, अब तपाई जे गर्नुहुन्छ गर्नुहोस ।’ भिडियो नीति बद्ध तरिकाले बनाएको र लेकाली अनलाइनको कुनै गल्ती नभएको भनेर बुझाउन खोज्दा संचालक धर्मराज थापाकी श्रीमती उल्टै झम्टीना खोजेपछि उपस्थित अन्य व्यवासीयहरुले उनलाई सम्झाउदै पसल भित्र बस्न आग्रह गरेका थिए ।

पछि पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक इच्छुक शर्माले अन्नपूर्ण आयुर्वेद मेडिकलका संचालक धर्मराज थापालाई फोनबाट समाचारको विषयमा यसरी आक्रमक बनेर बाटोमा मान्छेलाई यसरी नझम्टना भनेरपछि उनले आफु एक्कासी रिसाएर यस्तो भनेको तर आगामी दिनमा पत्रकारलाई त्यस्तो व्यवहार नगर्ने क्षमायाचना गरेका छन् ।

मास्क व्यापारमा २० प्रतिशतसम्म नाफा लिन पाईन्छ तर श्रीनगरका व्यवसायीहरुले कोरोना भाइरसको माहामारीको बेला १२ देखि १५ रुपैयाँसम्म खरिद गरेको मास्कलाई २० देखि ३० रुपैयाँसम्म बिक्री गरेको तथ्य लेकाली अनलाइनले बनाएको भिडियो रिपोर्टमा फेला परेको थियो ।

बदमास गर्नेलाई छोड्नु हुँदैन्

यता सल्यानका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले गलत गर्नेलाई नछोड्ने बताएका छन् । उनले बजार अनुगमनको अधिकार स्थानीय तहलाई भएको भन्दै गलत गर्नेलाई आफुले पनि कारबाही गर्ने बताएका छन् ।

लेकाली अनलाइनसँग कुरा गर्दै उनले भने, ‘बजारमा बिक्री हुने सामानको मुल्य सोध्ने अधिकार सामान्य नागरिकलाई पनि छ । समाचार लेखेर संसारभर देखाउने अधिकार पत्रकारलाई छ । भिडियो खिच्न पाइन्छ । अब हामी पनि यसलाई बढी जागरुक भएर हेर्छौं । केहि व्यवसायीलाई यहाँ बोलाएका छौं ।’

यस्ताे थियाे भिडियाे

Leave a Reply

error: Please Dont Copy My Content!! !!