Thursday, December 9, 2021
Home > समाचार > राजधानीकै टोखामा ज्योतिषी र किरान पसले नै संक्रमित

राजधानीकै टोखामा ज्योतिषी र किरान पसले नै संक्रमित

काठमाडौँ ।

काठमाडौँको टोखामा एक जना ज्योतिषी र एकजना किराना पसलेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञिप्तमाफर्त कोरोना पुष्टि भएको जानकारी गराएको हो । संक्रमित टोखा ६ धनेश्वरका पुरुष ज्योतिषी रहेको खुलेको छ। यस्तै टोखा ६ का अर्का संक्रमित स्थानीय किराना पसले रहेको खुलेको छ।

टोखा ३ का संक्रमित पुरुषले यसअघि कोरोना संक्रमणका कारण निधन भएकी सिन्धुपाल्चोककी सुत्केरी सँगसँगै शिक्षण अस्पतालमा उपचार गराएको पनि खुलेको छ। ती महिलाको जेठ चार गते धुलिखेल अस्पतालमा निधन भएको थियो। उनको सम्पर्कमा रहेको व्यक्तिहरुको पीसीआर परीक्षण गरिएको थियो।

टोखा नगरपालिका ३ र ६ का २७ वर्षीय पुरुष र ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । ‘एक जना किराना पसले भएको खबर आएको छ’ मेयर प्रकाश अधिकारीले भने, ‘दुबैलाई अस्पताल पठाउने तयारी भइरहेको छ ।’

उनकाअनुसार नगरपालिकाले तरकारी, औषधि, किराना पसल सञ्चालन गर्ने तथा जनप्रतिनिधि गरेर ३०६ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो । दुई जनाको पोजेटिभ आएको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!