Thursday, December 9, 2021
Home > स्वास्थ्य > अन्त्येष्टि भएको एक हप्तापछि कोरोना संक्रमण भएकाे पुष्टि

अन्त्येष्टि भएको एक हप्तापछि कोरोना संक्रमण भएकाे पुष्टि

काठमाडौं ।

पर्साको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराको कलैयाका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले बताए ।

‘शंकास्पद लक्षण देखिएका उनको स्वाब कलेक्सन गरेर परीक्षणका लागि काठमाडौं पठाएका थियौं अहिले भर्खरै पोजेटिभ नतिजा आएको छ’, उनले भने। यससँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार पुगेको छ।

ती वृद्धलाई श्वासप्रश्वासमा समसया आएपछि गएको २ गते उपचारका लागि बीरगञ्जको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।उपचारको क्रममा उनको कोरोना भाइरसको सङ्क्रमण परीक्षणकालागि स्वाब संकलन भएको थियो । तर रिपोर्ट आउनु अघि नै उनको मृत्यु भएको थियो । मृत्यु भएका व्यक्तिको धार्मिक परम्परा अनुसार अन्तिम संस्कार भइसकेको छ ।

अन्तिम संस्कारपछि उनको आज मात्रै रिपोर्ट आएको हो । यसअघि सिन्धुपाल्चोककी महिला धुलिखेल अस्पतालमा, बाँकेको नरैनापुरका पुरुष त्यहींको क्वारेन्टाइनमा र गुल्मीका संक्रमित पुरुषको रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएको थियो। जसमध्ये सिन्धुपाल्चोककी महिला र बाँकेका पुरुषको मृत्युपछि मात्रै उनीहरु संक्रमित भएको पुष्टि भएको थियो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!