Wednesday, December 8, 2021
Home > प्रवास > इन्डोनेसियामा अलपत्र नेपाली विद्यार्थीलाई भारतले गर्यो उद्धार (भिडियो सहित)

इन्डोनेसियामा अलपत्र नेपाली विद्यार्थीलाई भारतले गर्यो उद्धार (भिडियो सहित)

काठमाडौं ।

इन्डोनेसियामा अलपत्र परेकी एक नेपाली विद्यार्थीलाई भारतले उद्धार गरेको छ । रत्ननगर–९ चितवनकी शेभिका ढकाललाई भारतले उद्धार गरेको हो । भारतले इन्डोनेसियामा रहेका आफ्ना नागरिकहरुलाई उद्धार गर्ने क्रममा ढकाललाई पनि उद्धार गरेको हो । यो कुरा इन्डोनेसियास्थित भारतीय दूतावासले ट्वीट गरेर जानकारी दिएको छ ।

ट्वीटरमा पोष्ट गरिएको एक भिडियोमा ढकालले आफू भारतको महाऋषि मार्कण्डेय विश्वविद्यालय हरियाणमा बीबीए अध्ययन गर्न आएको र इन्डोनेसियाको विश्वविद्यालयसँग आफूले पढिरहेको विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान कार्यक्रम भएअनुसार आफू इन्डोनेसिया आएको बताएकी छन् ।

उनले आफूलाई उद्धार गरिदिन नेपाल सरकारलाई अनुरोध गरेको र नेपाल सरकारले भारत सरकारलाई अनुरोध गरेकाले आफू इन्डोनेसियाबाट फर्किन पाएको बताएकी छन् ।

उनले आफ्नो उद्धार गरिदिएको भन्दै नेपाल र भारतका दुवै सरकारलाई धन्यवाद दिएकी छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!