Wednesday, December 8, 2021
Home > समाचार > भारतीय राजदूत विनय मोहनलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिए यस्तो निर्देशन!

भारतीय राजदूत विनय मोहनलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिए यस्तो निर्देशन!

काठमाण्डौं ।

भारतद्धारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूमी समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारि गरे लगत्तै सरकारले उक्त भूमी फिर्ता गराउन भारतसँग रातारात कुटनीतिक वार्ता सुरु गरेको थाहा भएको छ । शुक्रबार मध्यरातमा प्रधानमन्त्री केपी ओलीले वालुवाटरमा बोलाएर भारतीय राजदूत विनय मोहन क्वात्रासँग झण्डै एक घण्टा वार्ता गरेको थाहा भएको छ ।

प्रधानमन्त्री ओलीले बोलाएपछि भारतीय राजदूत क्वात्रा राति ९ बजे प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए । प्रधानमन्त्री ओलीले यसको अघिल्लो दिन विहीबार आफ्ना परराष्ट्र मामिला संम्बन्धी सल्लाहकार राजन भट्टराईलाई भारतीय राजदूत क्वात्रालाई भारतले अतिक्रमण गरेको जमीन नेपाललाई फिर्ता नदिए परिमाण राम्रो नहुने चेतावनी दिएको समाचार स्रोतको दावी छ ।

प्रधानमन्त्री ओलीले अतिक्रमित नेपाली भूमी फिर्ता गर्न विलम्व नगर्न भारतलाई आग्रह गदै विलम्व गर्दा त्यसबाट पर्ने असरको जिम्मेबार पनि भारतनै हुने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार राति भारतीय राजदूत क्वात्रलाई बोलाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिलाई उक्त सन्देश पठाउनु अघि भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसँग टेलीफोन वार्ता गरेका थिए ।

भारतका प्रधानमन्त्री मोदीलाई अतिक्रमण नेपाली मूमी अविलम्ब फिर्ता गर्न सन्देश दिन निर्देशन दिएका थिए । प्रधानमन्त्री ओलीले राजदूत आचार्यलाई निर्देशन दिएको केही समयपछी परराष्ट्रमन्त्री प्रदीप क्षवलीले भारतीय राजदूत क्वात्रालाई टेलिफोन गरी प्रधानमन्त्री ओलीको सोही सन्देश सुनाउँदै थप बार्ताका लागी राति ९ बजे बालुवाटार आउन निर्देशन दिएका थिए।

Leave a Reply

error: Please Dont Copy My Content!! !!