Monday, June 1, 2020
Home > समाचार > स्थानीयले भगाए १३ जना कोरोना संक्रमितलाई, थप प्रहरी परिचालन

स्थानीयले भगाए १३ जना कोरोना संक्रमितलाई, थप प्रहरी परिचालन

नेपालगन्ज, १० जेठ ।

बाँकेमा शुक्रबार १३ जना कोरोना भाइरस पोजेटिभ देखिएका नागरिकलाई स्थानीयले भगाएका छन् । कोरोना संक्रमित नागरिकलाई लिन गएकाे एम्बुलेन्सलाई घेरेर स्थानीयले संक्रमित व्यक्तिहरूलाई भगाएका थिए । शुक्रवार बाँकेमा १४ जना थप कोरोना संक्रमित फेला परेका थिए । फेला परेका १३ जना नरैनापुरका थिए भने १ जना राप्तीसोनारी गाउँपालिकाका नागरिक थिए ।

नरैनापुर क्वारेन्टाइनमा रहेका १३ जना कोरोना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्न ल्याउन पुगेका एम्बुलेन्सलाइ घेरेर स्थानीयले भगाएको जिल्ला प्रहरी बाँके ले जनाएको छ । ‘एम्बुलेन्सलाई अगाडि जान नदिएर उनीहरुले संक्रमित व्यक्तिलाई भगाएका थिए,’ जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी शिव सिंहले भन्नुभयो । गाउँलेले

यतिसम्म गर्न नहुने उहाँले बताउनुभयो । शुक्रबार नै थप जनशक्ति प्रयोग गरेर उनीहरूको खोजी गरी नियन्त्रणमा लिएको समेत उहाँले जानकारी गराउनुभयो ।भागेकामध्ये १२ जनालाई शुक्रबारै स्थानीयकै आपबयिया, खेतबारी लगायतका ठाउँमा लुकिछुपी रहेकाे अवस्थामा पक्राउ गरिएको डिएसपी सिंहले जानकारी गराउनुभयो । एक जनालाई भने शनिबार बिहान पक्राउ गरी अहिले नेपालगन्ज आइसाेलेलेसनमा ल्याइएको उहाँले जानकारी गराउनुभयो ।

अहिले फरार रहेका सबै कोरोना संक्रमितलाई नेपालगन्जको लायन्स डेन्टल अस्पतालको आइसोलेसनमा राखिएको डिएसपी सिंहले बताउनुभयो । हाल नरैनापुर क्षेत्रमा मात्र करिव ३-४ सयको हाराहारीमा प्रहरी परिचालन गरिएको उहाँकाे भनाइ छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!