Monday, June 1, 2020
Home > अन्तर्वार्ता > मनिषाकाे अन्तर्वार्ताः व्यक्तिगत लाभ भन्दा देशलाई माथि राख्नुपर्छ (भिडियोमै हेर्नुस्)

मनिषाकाे अन्तर्वार्ताः व्यक्तिगत लाभ भन्दा देशलाई माथि राख्नुपर्छ (भिडियोमै हेर्नुस्)

एजेन्सी।

भारतीय मिडियाले आलोचना गरेपछि नेपालबाट सामाजिकसञ्जाल प्रयोगकर्ताले अभिनेत्री मनिषा कोइरालाको व्यापक समर्थनसहित ट्विट गरिरहेका छन् । उनको समर्थनमा शुरु भएको ह्यासट्याग ‘आईएम विथ मनिषा कोइराला’ अहिले ट्रेन्डिङको सबैभन्दा टपमा रहेको छ ।

नेपाल सरकारले जारी गरेको लिपुलेख, लिम्पियाधुर, कालापानी समेटिएको अद्यावद्यिक नक्साको समर्थन गरेपछि भारतीय सञ्चारमाध्यममा उनीमाथि आक्रमण शुरु भएको थियो । त्यसपछि उनको व्यापक समर्थन गर्दै नेपाली नागरिकहरूले बचाउ गरिरहेका छन् ।

भारतको एउटा टेलिभिजनले त मनिषालाई ‘भारतको नुन खाएर चीनको गुनगान गाएको’ भन्नेजस्ता निम्नस्तरका प्रतिक्रिया जनाएको थियो ।
मन्त्रिपरिषद्को वैठकबाट लिम्पियाधुरा सहितको भूमिलाई समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय सार्वजनिक गर्न परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले गरेको ट्विटलाई उद्धृत गर्दै मनिषाले नेपाल सरकारलाई धन्यवाद दिएकी थिइन् ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!