Wednesday, May 27, 2020
Home > समाचार > कोरोनाकै कारण प्रवासमा किर्तिपुरका विकास नफर्कने गरि अस्ताए

कोरोनाकै कारण प्रवासमा किर्तिपुरका विकास नफर्कने गरि अस्ताए

काठमाडौँ – कोरोना सं’क्रम’णका कारण प्रबासमा समेत केहि नेपालीहरुले ज्यान गु’माइरहेको खबर सार्बजनिक भए संगै फेरी कुवेतमा पहिलो पटक नेपालीले ज्यान गुमाएका छन्। कोरोना सं’क्रम’णका कारण कुवेतमा एक नेपालीको मृ-त्यु भएको छ।

काठमाडौँ जिल्ला किर्तिपुर पाँगाका ३८ बर्षिय विकास महर्जनको कोरोना सं’क्रम’णका कारण नि’ध’न भएको हो। महर्जन कुवेतमा कोरोनाबाट मृ-त्यु हुने पहिलो नेपाली रहेको कुवेतस्थित नेपाली राजदूतावास श्रोतले जानकारी दिएको छ।

गत शनिबार १६ तारिखका दिन नि’ध’न भएका महर्जन बिगत १८ बर्षदेखि कुवेतमा कार्यरत थिए। दूतावासका अनुसार मृ’त’कका परिवारलाई जानकारी गराई कुवेतमै अन्तिम दाससं’स्कार गरिने भएको छ।

काठमाडौँ – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–९ का आठ कोरोना संक्रमित अझै क्वारेन्टाइनमै बस्न बाध्य छन् । आइसोलेसन बेड नहुँदा उनीहरू एउटै कोठामा बस्न विवश भएका हुन् । उनीहरू तेनुवा गाउँको एक मदरसामा बसेका बताएको छ ।

जसमध्ये चारजना बालबालिका हुन् । बालबालिकामध्ये दुईजनाका आमा संक्रमित छन् । दुईजना बालबालिकाका अभिभावक संक्रमित छैनन् ।

उनीहरूलाई खाना घरबाटै ल्याइए पनि नियमित स्वास्थ्य अवस्था बुझ्ने स्वास्थ्यकर्मी छैनन् । कोरोना संक्रमित भएका र क्वारेन्टाइनमा बस्ने सबैले एउटै चापाकलको पानी पिउँदै आएका छन् । जसका कारण कोरोना संक्रमण समुदायमा फैलिन सक्ने जो’खिम बढेको छ ।

अहिलेसम्म संक्रमित बसेका क्वारेन्टाइनमा नगरपालिकाका जनप्रतिनिधि पुगेका छैनन् । सरोकारवालाले चासो नदिएको स्थानीयवासीको आरोप छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पाण्डेले संक्रमित सबैलाई अलग राख्ने तयारी गरिएको जानकारी दिए । ‘आइसोलेसन बनाएर उनीहरूको व्यवस्थापन गरिनेछ,’ उनले भने ।

शुक्रबारसम्म आइसोलेसन वार्ड तयार गरिने महाराजगन्ज नगरपालिका स्वास्थ्य शाखाका प्रमुख राधेश्याम कलवारले बताए । बजार क्षेत्रबाट नजिक रहेको विद्यालयमा संक्रमित राख्न लागेपछि स्थानीयले विरोध गरे पनि उनीहरू क्वारेन्टाइनमै बसिरहेका हुन् ।

कोरोना संक्रमित सबै भारतको मुम्बईमा एक कवाड संकलन केन्द्रमा काम गर्ने रहेको स्थानीयको भनाइ छ ।

Leave a Reply