Wednesday, November 30, 2022
Home > समाचार > प्रचंण्ड माथी ठुलो बज्रपात

प्रचंण्ड माथी ठुलो बज्रपात

काठमाडौं, १८ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहालको उपचार गराउन बेला–बेलामा सिंगापुर लैजाने गरेका छन् ।नेपालको उपचार पद्धतिमाथि प्रचण्डलाई विश्वास नभएर हो वा नेपालमा उपचार असम्भव भएर हो ? उनले बेलाखत सिंगापुर लैजादै आएका छन् ।आफ्नो उपचार पनि प्रचण्डले दिल्ली र सिंगापुरमै गराउने गरेका छन् । प्रचण्ड एक वर्षदेखि पारिवारिक तनाबमा छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।पुत्रवियोगको शोकमा जीवन संगिनी सीताको रोग थपिएको छ । हेरचाह र उपचारमा ध्यान दिनुपर्दा नेपाली राजनीतिका चलायमान नेता प्रचण्डको परिधि नै खुम्चिएको छ ।

सीता दाहाल आठ महिनादेखि थलिएकी छिन् । १० असोजमा सिंगापुरमा उपचार फलोअपका लागि उनीसँगै छोरी गंगा र भतिज समिर मात्रै जाने तयारी थियो ।सीताले प्रचण्डलाई लैजान जोडबल गरिन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसमेत देशवाहिर रहेका बेला उनी पार्टीका तल्ला कमिटी एकीकरणको व्यस्तता छाडेर पत्नीको उपचारको लागि सिंगापुर गएका थिए ।

पत्नीको बिरामी अबस्थाले प्रचण्डलाई पहिलेजस्तो राजनीतिक सक्रियता मुस्किल भइरहेको छ । तैपनि प्रचण्ड राजनीतिमा सक्रिय हुन चाहन्छन् । २०७४ को दशैंअघि पहिलोपल्ट गम्भीर बिरामी परेकी सीता छोरा प्रकाशको निधनपछि झन् बिरामी हुँदै गएकी छन् ।स्रोतका अनुसार सिंगापुरस्थित एमटी एलिजावेथ अस्पतालले सीतालाई लागेको रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) पुष्टि गरेका छन् । यो मस्तिष्कमा लाग्ने रोग हो ।

यसका सुरुआती लक्षण अल्जाइमर्स र पार्किन्सन्सजस्तै लाग्छन् । पीएसपीका बिरामीले शारीरिक अन्तुलन गुमाई पछाडितर्फ लड्ने, पुराना कुरा विर्सने र अररो हुनेजस्ता लक्षण देखाउँछन् ।

चिकित्सकहरु पीएसपीको औषधिले केही वर्षका लागि मात्र प्रभावकारी काम गर्ने दावी गर्छन् । तर, नियमित औषधि, व्यायाम र सन्तुलित आरामले बिरामीको आयू बढाउन सकिने चिकित्सकहरुको भनाई छ ।

Leave a Reply