Sunday, December 5, 2021
Home > समाचार > निर्मला पन्तकाे हत्या उखुबारीमै भएकाे एसपी दुर्गा सिँहले दावी गरेपछि स्थानिय यस्तो अवस्थामा…

निर्मला पन्तकाे हत्या उखुबारीमै भएकाे एसपी दुर्गा सिँहले दावी गरेपछि स्थानिय यस्तो अवस्थामा…

कञ्चनपुर । भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको २ महिना बढी समय बितिसक्दा पनि दोषीको पहिचान हुन सकेको छैन् । अहिले कञ्चनपुरमा प्रहरीका छुटाछुटै टोली अनुसन्धानरत छन् । जिल्लामा यति बेला एसपी दुर्गा सिंहले पनि अनुसन्धानमा अन्य टोली संग समन्वय गरिराख्नु भएको छ । एसपी दुर्गा सिंहको अभिब्यक्तीले मृतक निर्मला पन्तका बुबा यज्ञराज पन्त सशंकित भएका छन् ।

 

एसपी सिंहले अनुसन्धानका क्रममा निर्मलाको हत्या एक जना बाट उखुबारीमा भएको बताएकी छिन् । निर्मलाको हत्या उखुबारीमा एक जनाले गरेको एसपी सिंहले दाबी गरे पछि मृतकका बुबा पन्त निरास भएका छन् उनले भने हामीले अनुसन्धानमा नयाँ महिला एसपी आउनु भयो उहाँले न्याय दिनुहन्छ सोचेका थियौं तर उहाको यस्तो अकल्पनिय अभिव्यत्ती आउँदा न्याय पाउने आशा लगभग रिसकेको बताए ।

साथै बुबा पन्तले एसपी दुर्गालाई प्रश्न गरे घटना भएको दुई महिना पछि आएर हत्या यहि उखुबारीमै भएको ठोकुवा कसरी गर्न सक्नु हुन्छ ? बलात्कार पछि हत्या गरिएको ठाँउमा पानी भरिभराउ थियो , उखुको सानो पात सम्म भाचिएको छैन् त्यो सब कुरा सबै स्थानियले देखेका छन् ।

अनुसन्धान गर्नुपर्ने रोसनी बम र बबिता बमलाई सुक्षति भारतमा बसाएर, अनुसन्धानको नाममा स्थानिय लाई दुख दिइएको पनि पन्तले बताए । गत साउन ११ गते साथी रोसनी बमको घर गएकी निर्मला पन्तको शब भोली पल्ट बलात्कार पछि हत्या गरिएको अबस्थामा नजिकैको उखुबारीमा फेला परेको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!