Friday, May 27, 2022
Home > समाचार > यति एयरलाइन्स भित्र घटेकाे यस्तो दुःखद घटना, १३ दिनपछि भयो मृत्युकाे पर्दाफास

यति एयरलाइन्स भित्र घटेकाे यस्तो दुःखद घटना, १३ दिनपछि भयो मृत्युकाे पर्दाफास

असोज १८, काठमाडौं । भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको थियाे । यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि अाज सार्वजनिक भएको छ । असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाडौं आउँदै गर्दा जहाज भित्रै कपिलवस्तुकी ३० बर्षीया पुष्पा राईको जहाजमै मृत्यु भएको मृतक राईको परिवारले बताएको छ ।

 

यती एयरको एटीआर ७२—५०० यात्रा गरिरहेकी पुष्पा भैरहवाबाट उडेको १० मिनेटमै अचेत भएको र उपचारमा ढिलो हुँदा मृत्यु भएको परिवारको आरोप छ । विमान चढेको १० मिनेटमै अचेत भएर ढलेकी पुष्पालाई जहाज कम्पनीले भैरहवा नै फर्काएर छिटो उपचार गराउनेतर्फ ध्यान नदिँदा उनले ज्यान गुमाउनेपरेको मृतक पुष्पाका काका विष्णुबहादुर रायमाझीले बताए । पुष्पा र उनकी फुपु माया खडका र ७८ बर्षीया हजुरआमा दाँतको उपचारका निम्ति काठमाडौं आउँदै थिए । आजको अन्नपुर्णपोष्ट दैनिकमा यो समाचार छापिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!