Friday, May 27, 2022
Home > समाचार > त्रिभुवन राजमार्गबाट अायो यस्तो दुःखद खबर, जामका कारण बिरामी एम्बुलेन्समै…

त्रिभुवन राजमार्गबाट अायो यस्तो दुःखद खबर, जामका कारण बिरामी एम्बुलेन्समै…

भरतपुर अस्पतालबाट उपचारका लागि काठमाडौं ल्याइँदै गरेका एक बिरामीको ट्राफिक जामका कारण एम्बुलेन्समै मृत्यु भएको छ । नौबिसे–नागढुंगा सडकखण्ड पार गर्न घण्टौं लागेपछि चितवनको सौराहा निवासी अन्दाजी ५५ वर्षीया रजनी चौधरीको एम्बुलेन्समै ज्यान गएको हो । भरतपुर अस्पतालमा उपचार हुन नसकेपछि चौधरीलाई काठमाडौं रिफर गरिएको थियो ।

चौधरीलाई बोकेर आएको एम्बुलेन्स मुस्किलले पृथ्वी राजमार्ग पार गरेर आएको थियो । त्रिभुवन राजपथमा पर्ने धुनीबेसी नगरपालिकाको टायलघरमा पुगेपछि चार घण्टासम्म जाममा बस्नु परेको थियो । जाममै फसेका बेला बुधबार बिहान करिब १० बजेतिर बिरामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!