Wednesday, May 27, 2020
Home > जीवनशैली > दैवकाे लेखा, हातखुट्टा कमजोर भएपछि घि’सारेरै पनि जिन्दगी त लता’र्नै पर्ने रहेछ? संघर्षकाे कथा अवस्य पढिदिनुहाेला!

दैवकाे लेखा, हातखुट्टा कमजोर भएपछि घि’सारेरै पनि जिन्दगी त लता’र्नै पर्ने रहेछ? संघर्षकाे कथा अवस्य पढिदिनुहाेला!

शारदा शर्मा –

आज भन्दा ७ बर्ष अगाडि ! तत्कालीन जिल्ला विकास समिति रुकुमको प्राङ्गणमा केटीहरुको भिडभाडको बिचमा देखिएको एउटा विचित्रको दृश्यले मेरो ध्यान तान्यो । दुबै हात जमिनमा टेकेर पुरै शरीर लतार्दै, घिर्सिदै हिड्ने मानिसको त्यो अवस्थाले मेरो मात्र हैन धेरैको ध्यान खिचिरहेको थियो । असह्य शा रिरीक पी डा बोकेर शरीरलाई ढुंगा र माटोमा लतार्ने भविष्यका सूनौला सपना बोकेर जिल्ला सदरमुकाम मुसिकोट आएकी थिईन,उनी अर्थात २६ बर्षीया शारदा शर्मा ।

करिब ४० किलोमिटर जंगल र भिरको बाटो खुट्टाका घुँडा र हातका पन्जाले थिचोल्दै जिल्ला विकास समिति रुकुममा आईपुगेकि थिईन उनी । त्यतिबेला जिविसमा महिलाहरूको लागि निःशुल्क खरीदार पदको टिउसन पढ्नेहरुको लागि प्रवेश परिक्षा हुदै थियो । त्यसैमा सहभागी हुन अशक्त शरिर घिसार्दै अत्यन्तै कष्टका साथ निकै टाढा रहेको पश्चिम खोलागाउँवाट मुसिकोट खंलगा पुगेकि रहेछिन शारदा ।

जिविसकै प्रांगनमा आएको बेला उनीलाई एउटा फोन आयो । फोनमा पाएको सान्त्वना र ढाडसले शारदाको मुहार अलि परिवर्तन भयो । बुझदै जाँदा त्यो फोन गर्ने तत्कालीन रुकुम जिल्लाका प्रहरी प्रमुख डिएसपि हाल एसपि किसन सिह थापा हुनुहुँदो रहेछ ।मेरो सोधिखोजी पछि डिएसपी थापाले मलाई उक्त शारदा बहिनिको बारेमा सबै बताउनुभयो । बेला बेला उनलाई पढाई खर्च समेत सहयोग गर्दै आउनु भएका थापाको समन्वयमा शारदा सग मैले भेट गरे । म त्यति बेला अन्नपूर्ण राष्ट्रिय दैनिक र दि हिमालयन टाइम्समा संवाददाता थिए । मैले उनको संघर्षबारे स्टोरि तयार गरेर प्रकाशनका लागि पठाए । स्टोरी छापिए पछि विभिन्न ठाउँवाट आएको रकमले उनलाई केही सहयोग पनि भयो ।

हाल काठमाडौ शारदा
हात खुट्टा जमिनमा घिसार्दै जिन्दगीमा सरकारी सेवा गर्ने लगायतका अरु थुप्रै जीन्दगीका सपनाहरु लिएर संघर्ष गरिरहेकी उनका लोभलाग्दो रहरहरु सुनाईन । कति हो कति पीडा मनमा थिए होलान, दुबै खुट्टाले काम गदैनन् । उनि जन्मजात अपांग हुन । तर पनि अदम्य शाहसका साथ उनले गरेका संर्घषहरु कयौँ युवाहरुका लागि प्रेरणादायी थिए ।जन्मजात दुवै खुट्टा नचलेपछि शारदालाई हिडन नमिल्दो रहेछ । दुई हातमा चप्पल लगाएर हात खुट्टा टेक्दै दुई दिन लगाएर भविस्यको खोजी गदै कहिले सदरमुकाम र कहिले घर, कहिले गाविस कार्यालय ! लोकसेवाको परीक्षाका लागि कहिले दाङ कहिले काठमाडौ ।

शारिरीक समस्यासंगै उनलाई आर्थिक समस्याले पनि उत्तिकैै सताएको थियोे । गरिब परिवारमा हुर्केकी शारदाको घरमा बुवा पनि शारदा जस्तै अपागं हुनुहुन्थ्यो । दैनिक आवश्यकता पुरा गर्न सधै जसो समस्या नै थियो । गरिव परिवार भित्रको शारारिक समस्याले परिवारमा नै निकै ठुलो तनाब ।शारदाका कैयौ सपनाहरु ति गरिवीका हावा हुरीले पटक पटक उडाई दिएका छन । सपना भित्रका पीडाहरुमा सामाजिक रुपमा गरिने कतिपय ब्यबहारले दुखेका मनहरु उनले जीन्दगीमा भोगेका कठिन चुनौतिहरु हुन ।यसरी हात र खुट्टाको सहायतामा बामे सरेर धेरै हिड्दा शारदालाई शारीरिक रुपमा निकै समस्या हुन्थ्यो ।

दिनभरीको शारारिक घिसाईले रातभरी जीउ दुखेर सुत्न समेत कठिन थियो । शारारिक हिसावले उनी ह्विलचियरमा हिड्नु पर्ने हो । तर भौगोलिक विकटता र आर्थिक अभावले संभव भैदिएन । वर्षभरीको झरी र हिउद भरीको चिसो सिरेठोेले शारदालाई निकै पिडा हुन्थ्यो । पानीको झरीमा ओत लाग्ने अवस्था नै हुदैन्थ्यो । वर्षामा पानीले रुझाएर समस्या, हिउद लागेपछि पहाडको जाडोले सताउथ्यो । साधारण कपडा किन्न समेत पैसा नहुने शारदाका लागि न्यानो कपडा त चाहाना मात्र हुन्थ्यो । बजारभरी बेच्न राखिएका न्यानो कपडा हेरेरै चित्त बुझाउनु वाहेक अरु कुनै विकल्प नै थिएन शारदाका लागि ।

गरिबी र अभावको पीडाका विचको कठोर संर्घष सायद शारदा लाई मात्र थाहा छ । जीन्दगीमा बिरलैले मात्र भोग्ने यो पीडा शारदाले निरन्तर भोगिरहेकी छन । हामीले गरेको सानो मानवीय सहयोगले उनलाई सामान्य राहात मात्र भएपनि अन्य दिनहरु त कष्टकर नै थिए । अनेकौं पिडाका विच उनीले गर्दै आएको संघर्षको चुनौतिपुर्ण कठिन यात्रा अझै सम्म पनि जारी छ ।

सदरमुकाम आएपछिका शारदाका कयौ रातहरु भोकै वितेका थिए । दिनभरीको हिडाई, दुखेका जिउ र भोको शरिरले अथाह पिडा भोग्दै आएको छ । यि नै पीडाहरुमा मलम लगाउन कहिलेकाहि सहयोग गर्ने तत्कालीन जिल्ला न्यायाधीश हेमन्त रावल ,तत्कालीन डिएसपी किसनसिंह, तत्कालिन जिविस रुकुमका स्थानीय विकास अधिकारी भतकुमार शर्मा र अन्य केही सम्मानित ब्यक्तिहरु थिए । समय क्रमिक रुपमा धेरै कुरा परिर्वतन भए । डिएसपी थापा सगै सबै जिल्लाका हाकिमहरु पनि फेरिए । त्यसपछि शारदाका दिनहरु अझ कष्टकर र चुनौतिपुर्ण बने । मैले पनि विस्तारै जिल्ला हुदै देश छाडे । शारदा सँगको कुराकानी टुट्यो । त्यसपछि उनी क्रमशः सबै सहयोगीको सम्पर्क बाट टाढा बनिन ।

पाँच बर्ष पछि फेरि गएको चैत ४ गते उनीसंग कुराकानी भयो । म नेपाल पुगेको कुरा थाहा पाए पछि उनले फेसबुकमा सर्च गरि सम्पर्कमा जोडिइन ।हाल उनी किर्तिपुरको बिआए फाउन्डेसनमा बसेर विषेश शिक्षामा मास्टर डिग्री पढदै रहेछिन । यो बिचमा उनले थुप्रै चुनौति र संघर्षहरुका गोरेटाहरु पार गरिछन । उनले सात बर्षको विचमा भोगेका अनेकौ कष्टहरुका घटनाहरु सुनाईन । कतिपय ती कष्टकर घटनाहरु अरुलाइ नभन्ने सर्तमा मात्रै सुनाएकि थिइन । अझ कति धेरै पीडाहरु अब्यक्त छन् उनका ।

जागिरको लागि पाएका दुख, यो विचमा दैनिकी चलाउन भएको चरम आर्थिक संकट, एक ठाउँबाट अर्को ठाउँमा जाँदा घिस्रिनु पर्ने शारारिक बाध्यताहरुका अनेकौ उनका पीडाहरु त छदै थिए, त्यसमा पनि घरमा बुवाको निधन भए पछि उनीमा झन पीडाका घटनाहरु थपिएका छन । शारदा जस्तै गरिबी, अभाव र शारीरिक समस्या भोगिरहेका उनका वुवाले छोरी शारदाको सपना पुरा भएको देख्न पाउनु भएन । गरिविसंगै शारीरिक पीडा भोगिरहेकी उनलाई यतिवेला पारिवारिक अवस्थाले समेत चुनौति थपिदिएको छ । एउटा वावुको अभिभावकत्व गुमाएकि छन् उनले ।

संकटका आधी हुरी निरन्तर आईरहेपनि संघर्षको यात्रा सकिएको छैन । पीडाका आधिबेरीले बारम्वार उनका खुसिहरुलाई ढाकिदिएका छन् । पारिवारिक विछोडसंगै वषौ देखि भोग्दै आएको गरिवी, अभाव र शारीरिक समस्या नजिकै बसेर सुनेर उनलाई साहस र थप हौसला थपिदिने मेरो चाहना अहिलेको लकडाउनले सम्भव हुन दिएको छैन । शारदासँग भेट्न र संकटमा केहि सहयोग गर्ने मेरो योजना पनि यो लगडाउन चुनौति बनेको छ । पीडाको पहाड बोकेर बाँचेकि उनको यो ब्यधा र बाध्यता सुनिदिने र बुझिदिने मनहरुले उनलाई केहि त सहयोग गर्न सकौला नि ? साभार –हाम्राखबरबाट

Leave a Reply