Monday, June 1, 2020
Home > जीवनशैली > अन्ततः काखे बालक छोडेर हराएकि रुपा ८ दिनपछि यस्तो अवस्थामा भेटिइन् (भिडियो सहित)

अन्ततः काखे बालक छोडेर हराएकि रुपा ८ दिनपछि यस्तो अवस्थामा भेटिइन् (भिडियो सहित)

काठमाडौं।

मोवाइलमा धेरै कुरा नगर भनेर सम्झाउँदा सानो काखे बालक छोडेर हिडेको भनिएकी महिला फेला परेकी छन् । उनी घरवाट आफ्नो फुपुको घर गएर बसेको बताएकी छन् । उनको सानो साढे २ वर्षको छोरा पनि छ । दागंवाट रोल्पा विवाह भएकी रुपा घर्ती अहिले सार्वजनिक भएकी हुन् ।

उनी घर छोडेर हिडेको ९ दिन पछि घर फर्केर आएकी हुन् । रुपाको घर तर्फका परिवारले उनी माइतीको सम्पर्कमा रहेको आफुहरुलाई शंका लागेको बताएका थिए । रुपा आफ्नो फुपुको घरमा गएर बसेको बताएकी छन्। फुपुको घरवाट माइत फर्केर आएपछि उनको आमाले छोरी भेटिइन् भनेर ज्वाइलाई खबर गर्दा लिन नआएको बताएकी छन् ।

घरमा टर्चर भएका कारण सहन नसकेर फुपुको घरमा गएको बताएकी छन् । रुपा जसको घरमा गएकी थिइन् उनको मोवाइल नभएका कारण सम्पर्क गर्न नपाएको रुपमाको आमाले बताएकी छन् । हिँजो फुपुको घरमा खोज्न जाँदा उनी घरमै फेला परेको बताएकी छन् । फुपुको घरवाट माइती लिएर आएपछि उनका श्रीमान भने लिन नआएको रुपाले बताइन्।

उनी हराएको भनेर भिडियोमा सार्वजनिक भएपछि उनीहरुले प्रहरीमा पनि सम्पर्कमा राखेका थिए । फोन गर्दा तिम्रो छोरी कहाँ गएको हो, त्यसको प्रमाण सहित आउनुपर्छ भनेर श्रीमानले भनेको रुपाले बताइन् । प्रहरीले बोलाउँदा पनि नआएको रुपाको आमाले बताएकी छन् । उनले ज्याईलाई बोलाउँदा म तिमीहरुले आउ भन्दा आउने जा भनेपछि जाने हो र ? भन्दै जवाफ लगाएको रुपाको आमाले बताइन्।

श्रीमान लिन नआएपछि रुपा अहिले माइतीमा आएर बसेकी छन् । रुपालाई श्रीमानले कुटपिट गर्ने गरेको माइतीमा आएर बताएकी छन् । विवाह भएको तीन महिना देखि कुटपिट गर्न थालेको रुपाले आफुलाई बताएको आमाले बताइन् । ज्वाईले जाँ’डर’क्सी खाएर छोरीलाई यस्तो या’तना दिने गरेपछि छोरीलाई त्यसै नपठाउने दुवै पक्षलाई राखेर कुराकानी गर्न खोजेको भएपनि ज्वाई नआएको उनको भनाई छ।

काठमाडौंमा रहेका श्रीमान लकडाउनका समयमा रोल्पा पुगे । घर नबसेर केही दिन क्वारेन्टाइनमा विताए । क्वारेन्टाइनवाट घर गएपछि श्रीमतीको ब्यवहार फरक पाए । मोवाइलमा भुलिरहेको देखेपछि उनले चेक गरे । फेसवुकका अरु पुरुषसंग कुराकानी गरेको थाहा पाएपछि त्यसो नगर्न भनेर सम्झाए।

कसैलाई फोन गर्न परे मेरो मोवाइलवाट गर भनेर श्रीमतीको मोवाइलको सिम निकालेर फालिदिए । दागंको घोराही उपमहानगरपालिका १९ नम्बर वडावाट रोल्पा विवाह गरेर गएकी रुपा घर्ती सानो काखे बालक छोडेर हिडेकी हुन् । तर रुपाले भने आफुलाई श्रीमानले अनावश्यक शंका गर्ने गरेको बताएकी छन् । मेरा आफन्त छन्, दाजुभाई र साथी पनि छन् । कसैसंग कुरा नै गर्न नहुने हो र ? आफ्नै फुपुको छोरासंग कुरा गर्दा पनि शंका गरेर झगडा गर्छन,उनले भनिन्।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!