Wednesday, May 27, 2020
Home > विश्व > कोरोना संक्रमितको ला’श बसपार्कमा यस्तो अवस्थामा भेटिएपछि…

कोरोना संक्रमितको ला’श बसपार्कमा यस्तो अवस्थामा भेटिएपछि…

नयाँदिल्ली ।

भारतको एक बसपार्कमा कोरोना संक्रमितको लाश भेटिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मृतक कोरोना संक्रमित भएको प्रहरीलाई थाहा थिएन।


त्यसपछि लाश लिएर प्रहरी अहमाबादको बीएस अस्पताल पुगेको थियो। त्यहाँ चेकजाँज गर्ने क्रममा प्रहरीले मृतकको खल्तीबाट एक पत्र र मोबाईल फोन बरामद गरेको थियो।

प्रहरीले मृतकको परिवारसँग सोधपुछ गर्दा ती व्यक्ति अहमदाबादको दानीली मडास्थित रोहीतपार्क सोसाईटीमा बस्दै आएका थिए। उनी कोरोना पोजेटिभ थिए।

कोरोना उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको थियो। तर, दुई दिन पहिले अर्थात मे १५ मा दानीलीमडा इलाकास्थित बसपार्कमा उनको लाश भेटिएको थियो। मृतकको पुरा परिवार पनि क्वारेन्टाइनमा रहेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।

Leave a Reply