Sunday, July 11, 2021
Home > समाचार > गुन्डा नाइके समिरमानसिंह बस्नेतमाथि प्रहरीको इन्काउन्टर,परिवारको रुवाबासी – भिडियो हेर्नुहोस

गुन्डा नाइके समिरमानसिंह बस्नेतमाथि प्रहरीको इन्काउन्टर,परिवारको रुवाबासी – भिडियो हेर्नुहोस

काठमाडौं। निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको अभियुक्त समिरमान सिंह बस्नेतलाई मुस्ताङ जेलमा सरुवा गरिएकोप्रति बस्नेतको परिवारले आपत्ति तथा शंका जनाउँदै जीवन रक्षाको माग गरेका छन्।

बुधबार बस्नेतका परिवारले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे यस्तो माग गरेका हुन् । बस्नेतकी श्रीमती माया शेरचन र दाईहरु सुधिरमानसिंह र सुविरमानसिंह बस्नेतले सरकारले जालझेल र षड्यन्त्र गरेर समिरलाई काठमाडौंबाट रातारात मुस्ताङ पुर्याएको भन्दै आपत्ति जनाएका हुन् ।

बस्नेतकी श्रीमती शेरचनले रातारात मुस्ताङ लगिएको भन्दै यसमा आंशका रहेको बताइन् । उनले आफूलाई प्रहरी प्रशासनले श्रीमानसँग भेट्नसमेत नदिएको गुनासो पोखिन । आफ्नो श्रीमानलाई प्रहरी प्रशासनले यसरी काठमाडौं बाहिर लैजानुमा शंका उत्पन्न भएर पत्रकार सम्मेलन गर्न बाध्य भएको उनको भनाई छ।

पत्रकार सम्मेलनमा समिरको तर्फबाट वकालत गरिरहेका अधिवक्ता कृष्ण प्रसाद शर्माले राज्यले हरेक नागरिकलाई सुरक्षा दिनुपर्ने बताउँदै नागरिकहरुको मानव अधिकारको प्रत्याभुति गर्नुपर्ने बताइन्।

उनले आफ्नो श्रीमानलाई प्रहरी प्रशासनले यसरी काठमाडौं बाहिर लैजानुमा शंका उत्पन्न भएर आज पत्रकार सम्मेलन गर्न आएको जानकारी दिईन्।

जोमसोम कारागार सुरक्षित नभएको भन्दै उनले भनिन्,‘उहाँलाई बरु काठमाडौंको गोलघरमै राखिदिएको भए हुन्थ्यो। सुरक्षा संवेदनशीलताको कुरा उठ्यो भनिएको छ, त्यसो हो भने त उहाँलाई कडा सुरक्षा भएको कारागारमा राखिनुपर्दथ्यो ।’ उनले आफ्नो श्रीमानलाई प्रहरीले ईनकाउन्टर गर्ने षड्यन्त्रका साथ जेल सारेको आरोप लगाईन्।

गत मंसिरदेखि नख्खु कारागारमा रहेका सिंहलाई यही असोज १५ गते सोमबार मुस्ताङ लगिएको हो। गत असोज २३ गते काठमाडौंको शान्तिनगरस्थित खरिबोटका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि गोली हानी हत्या गरेको आरोपमा गत मंसिरमा बस्नेतलाई पक्राउ गरिएको थियो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!