Thursday, December 9, 2021
Home > समाचार > मृतक निर्मलाको घरमा पुगेर सावित्री सुवेदीले गरिन् बुबाको अपमान

मृतक निर्मलाको घरमा पुगेर सावित्री सुवेदीले गरिन् बुबाको अपमान

महेन्द्रनगर: बलात्कारी लाई फाँसीको सजाय माग गर्दैै पेटीकोटमा अर्धनग्न प्रदर्शन गरेर चर्चामा आएकी सावित्री सुवेदी कञ्चनपुर आईपुगेकी छिन् । बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई भेट्न महिला अधिकारकर्मी संगै उनि पनि काठमाण्डौंबाट कञ्चनपुर आएकी हुन् । उनले मृतक निर्मलामा बुबा यज्ञ पन्तलाई उनकै घरमा अपमान गरेकी छिन् । निर्मलाका बुबालाई घरमा सबै बसिरहेका बेला अर्की अधिकारकर्मीे लाई निर्मलाको उहाँ आफ्नै बुबा हो र भनेर पटक पटक सोधेको बताए ।

अझ यस्ता पनि बुबा हुन्छन् र भनेर प्रश्नमाथि प्रश्न गरेको पन्तले बताए । निर्मलाका बुवाले भने सावित्री सुवेदी आएर हामी संगै बजारमा प्रदर्शन गर्न हिडौं भने “मैले श्रीमती (दुर्गा देवि पन्त)लाई सञ्चो छैन् भनेर भन्दा उनले यसरी अपमान गरिन् । हामी २ महिना देखि निरन्तर सबै संगै छोरीको न्यायको लागि नखाएरै भए पनि लडेका छा,ैं सबै साथ दिनेको आभारी पनि छौ । तर बिसन्चो हुदाँ कसरी प्रदर्शनमा जाने पन्तले थपे छोरीलाई न्याय मिलोस् भनेर कञ्चनपुर देखि काठमाण्डौं सम्म एक गरेका छौं । आफु संग प्रदर्शनमा जान नमानेको भन्दै सुवेदीले गरेको अपमानले निकै दुखी छु , केहि बोलेको भए वादविवाद हुन सक्थ्यो ,घरमा आएको पाहुना भनेर बोलीन पन्तले भने ।

उनले निरास हुदै भने हामी आफै पिडामा छौं यस्तो बेलामा घरमै आएर यसरी आफ्नै बाउ हो र भनेर भनेको निकै नराम्रो लागेको बताए । सथै उनले सुवेदी लाई प्रश्न गरे कस्का ५ ओटा बुवा हुन्छन् ? बलात्कारको विरुद्धमा बोल्ने मान्छे जस्तो लाग्थ्यो तर डलरको खेती गर्ने रहेछन् । पेटीकोट लगाएर अर्धनग्न प्रदर्शन गरे पछि उनि आलोचनाकी शिकार समेत भएकी थिइन । पछिल्लो समय उनले कपाल मुण्डन समेत गरेकी छिन् ।

बलात्कार जस्तो जघन्य अपराध विरुद्ध बोल्ने मान्छेले यसलाई गरिखाने भाँडो बनाउनु पक्कै राम्रो हैन् । गत साउन ११ गते साथीको घर गएकी निर्मला पन्तको भोली पल्ट बलात्कार पछि हत्या गरिएको अवस्थामा घर नजिकैको उखुबारीमा शव भेटिएको थियो । त्यस यता कञ्चनपुर संगै देशैभरी आन्दोलन हुदै आइरहेको छ । निर्मलाका वास्तविक हत्यारा सार्वजनीकको माग गर्दै जिल्ला सदरमुकाम महेन्द्रनगरमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १४ वर्षीय शन्नि खुनाको मृत्यु भएको थियो भने घाईते अर्जुन भण्डारा अझै सम्म पनि अचेत अवस्थामै छन् । घटनाकोे २ महिना बढी समय भइसक्दा समेत अपराधी पहिचान हुन सकेका छैनन् । यसै बिच सावित्री सुवेदी पनि कञ्चनपुर आएकी हुन् ।

साभार : सिधान्युज बाट

Leave a Reply

error: Please Dont Copy My Content!! !!