Wednesday, May 27, 2020
Home > जीवनशैली > अर्थर गन दिवेश अमेरिकन आइडलकाे उपबिजेता बने!

अर्थर गन दिवेश अमेरिकन आइडलकाे उपबिजेता बने!

काठमाडौं ।

नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने ।

आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन ।

यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् । काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन् ।

विदेशमा बसेर नेपालको नाम अमेरिकामा गुञ्जयमान गराउने दिवेशका आउँदा दिनहरू सफल बन्नेछन् ।

Leave a Reply