Sunday, November 28, 2021
Home > समाचार > अमेरिकामा लिए चर्चित पत्रकार प्रेम बानियाले ओलीसंग अन्तर्वार्ता ! अन्तर्वार्ताको पुरा भिडियो

अमेरिकामा लिए चर्चित पत्रकार प्रेम बानियाले ओलीसंग अन्तर्वार्ता ! अन्तर्वार्ताको पुरा भिडियो

अमेरिकामा रहेका पत्रकार प्रेम बानियासंगको अन्तरवार्ताका क्रममा प्रधानमन्त्री ओलीले निर्मला हत्या प्रकरणको अनुसन्धानका विषयमा आफुले दिएको अभिव्यक्तिलाई समेत अतिरञ्जित गरिएको बताए । उनले निर्मला पन्तको घटना अनुसन्धान गर्न १२ वर्ष पनि लाग्न सक्ने भन्दै अभिब्यक्ति दिएपछि विवादित बनेका थिए । उनले नबुझ्नेहरूको जमातले सो अभिब्यक्तिलाई अतिरञ्जित बनाएको टिप्पणी गरे ।


कोस्टारिकाबाट अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले पत्रकार प्रेम बानियाँसँगको अन्तरवार्ताका क्रममा ‘आफुले कुनै कुनै अपराधका घटना १२ बर्षमा पनि पत्ता लागेका छन्, हामी अनुसन्धानमा कमजोर छैनौं’ भन्ने आसयमा बोलेको कुरालाई बंग्याएर अर्कै अर्थ लगाएको बताए । उनले निर्मला पन्तको घटनामा सरकार गम्भिर ढंगले अनुसन्धानमा जुटेको बताएका छन् । फेरि अतिरञ्जित बनाएर हल्ला गर्नेहरू, राजनीति गर्नेहरूको बुझाई कस्ततो हो ?’ उनले प्रतिप्रश्न गरे ।

उनले आफु समृद्ध नेपाल र सुखी नेपालीको सपनाका लागि सक्रिय रहेको बताए । उनले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल प्रति संकेत गर्दै भने, ‘केही– केही मान्छेले किन रडाको गरेका हुन्, मलाई यो थाहा छैन ।’

Leave a Reply

error: Please Dont Copy My Content!! !!