काठमाण्डु, १७ असोज – काठमाण्डुको गोठाटारबाट एक बालक अपहरणमा परेका छन् । गोठाटारका ८ वर्षीय बालक अपहरणमा परेका हुन् ।
तेज विनायक विद्यालयमा नजिकैबाट बालक अपहरण भएको एक महिलाले प्रहरीलाई जानकारी दिएकी हुन् । बालकको खोजी भइरहेको महानगरिय प्रहरी परिसर काठमाण्डुका एसएसपी बसन्त लामाले जानकारी दिए ।
तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिले बालक लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बालकको खोजी गरिरहेको छ ।
‘प्रत्यक्षदर्शीले बालकलाई पिट्दै गाडीमा हालेर लगेको जानकारी दिएका छन् । प्रहरी टोली घटनास्थल पुगिसकेको छ’, काठमाण्डु प्रहरीका एसपी अशोक सिंहले बताए ।
बालककाे खाेजीका लागि तिनै जिल्लाका प्रहरी पिरचालन गरिएकाे छ । अहिले काठमाण्डु, भक्तपुर र ललितपुरका प्रहरी बालककाे खाेजीमा जुटेकाे बताइएकाे छ ।