Wednesday, May 27, 2020
Home > विश्व > दाहसँसकार कार्यक्रममा गएका ४२ जनाको रहस्यमय मृ’त्यु

दाहसँसकार कार्यक्रममा गएका ४२ जनाको रहस्यमय मृ’त्यु

पुब्ला ।

मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दा’हसं’स्कार कार्यक्रममा मिसावटयुक्त वि’षालु म’दिरा सेवन गरेकामध्ये कम्तीमा ४२ जनाको मृ’त्यु भएको अधिकारीहरुले बताएका छन् ।

राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको गाउँमा भएको यस घटनामा अरु ११ जना जीवनमरणको दोशाँधमा रहेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ स्थानीय सरकारले जनाएको छ ।

म’दिरा सेवन गरेपछि ती मानिसहरु वा’न्ता गर्ने र टाउको दुख्ने समस्याबाट ग्रसित भएका थिए । स्थानीय अधिकारीहरुले कोरोनाभाइरस महामारीका कारण बजारमा बियर र अरु प्रशोधित मदिरा पाइन छाडेको छ । त्यही कारण मानिसहरुले मिसावटयुक्त म’दिरा सेवन गरेको बताइएको छ ।

गत महिना पनि अखाद्य मदिरा सेवन गरेका कारण पश्चिमी जालिस्को प्रान्तमा २१ जनाको मृ’त्यु भएको थियो ।

Leave a Reply