Sunday, November 28, 2021
Home > समाचार > निर्मला हत्या प्रकरण: एसपी दुर्गा सिंहले गरिन यस्तो चमत्कार

निर्मला हत्या प्रकरण: एसपी दुर्गा सिंहले गरिन यस्तो चमत्कार

कञ्चनपुर । कञ्चनपुरमा बालात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणमा संलग्न अपराधिहरुको खोजी भइरहेको छ । तर पत्ता लाग्ने अझै कुनै लक्षण देखिएको छैन । हत्याराको खोजीका लागि कञ्चनपुरमा पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउने कार्यक्रमा प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा टोली खटिरहेको छ । यता डिआईजी धिरु बस्नेतको नेतृत्वमा बनेको अनुशन्धानमा खटिएका दोषि प्रहरीमाथीको छानविन समितिलेपनि काम निरन्तर जारी राखेको छ ।

तर प्रहरी तत्कालै अपराधि पत्ता लाग्ला भन्ने कुरामा विश्वस्त छैन । ‘महिला तथा बालिकासँग सम्बन्धित केश भएकाले अनुसन्धानलाई प्रभावकारी बनाउन सहज होस् भनेर महिला प्रहरीको छुट्टै टोली उता पठाईए । यतापनि गम्भीर खोजी भइरहेको छ ।’, एक उच्च प्रहरी अधिकारीले भने, ‘हामीले यो घटनाको अनुसन्धानका लागि कुनै कसर बाँकी राखेका छैनौं ।’ती अधिकारीले घटनाको गम्भिरतापूर्वक अनुसन्धान भइरहेको बताउँदै चाँढै यर्थाथ विवरण सार्वजनिक हुने बताए । बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा प्रहरी अधिकारीको भूमिकाबारे अनुसन्धान गर्न गठित समितिलेपनि अहिले निलम्बित सबै प्रहरीको पोलिग्राफ परीक्षण गर्ने तयारी गरेको छ ।

प्रहरी प्रधान कार्यालयले एआईजी धिरु बस्नेतको नेतृत्वमा बनाएको टोलीले निलम्बित प्रहरी अधिकारीहरु एसपी डिल्लीराज विष्ट, डिएसपी अंकुर जिसी, ज्ञानबहादुर सेठी लगायत पोलिग्राफ टेस्ट गर्ने तयारी गरेको हो । समितिका एक सदस्यका अनुसार घटनास्थलमा निर्मलाको सुरुवाल पखाल्ने प्रहरी जवान चाँदनी साउदको पोलिग्राफ परीक्षण भइसकेको छ । यद्यपि, त्यसको नतिजा बाहिर आएको छैन । यसअघि भदौ अन्तिम साता एसपी विष्ट, उनका छोरा किरण, मेयरका भतिजा आयुषको पनि डीएनए परीक्षण गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले स्थानीय ओपेरा होटलको सीसी टीभी फुटेज ‘रिस्टोर’ गर्नलाई केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको छ । स्थानीयले भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्रका भतिज र एसपीका छोरा किरणमाथि निर्मला पन्त बलात्कार प्रकरणमा आशंका व्यक्त गरेपछि ओपेरा होटलको फुटेज रिकभर गर्न लागेको हो । कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कडायतका अनुसार घटना भएको दिन किरण त्यहाँ बसेको जानकारी आएपछि फुटेज रिकभर गर्न लागिएको हो ।

‘हामीले फुटेज रिकभर गर्नका लागि काठमाडौं पठाइसकेका छौं’, त्यसलेपनि के हो भन्ने केही तथ्य देखाउनेछ । प्रहरीले त्यस होटलसहित आसपास रहेका अन्य सीसी टिभीहरुको हाड डिस्क पनि रिकभर गर्न पठाएको जनाइएको छ । होटलको सीसी टिभी स्टोरहरु १५ दिनमा अटो डिलिट हुने सिष्टममा रहेको प्रहरीको भनाइ छ । समितिले अनुसन्धानमा संलग्न १९ जना प्रहरी अधिकारीहरुको सीम कार्ड जफत गरेको थियो । जसको अध्ययनपछि शुक्रबार साँझ फिर्ता गरिएको छ । घटनामा प्रहरीले गैरजिम्मेवारपूर्ण गतिविधि गर्नु पछाडिको अनुसन्धान गरिरहेको टोलीले उनीहरुको मोबाइल अध्ययन गरेपछि फिर्ता गरेको हो । समितिका संयोजक बस्न्यात अनुसन्धान भइरहेको बताउँदै चाँडै निष्कर्षमा पुगिने बताउँछन् ।

कञ्चनपुर प्रहरीका एक अधिकारीले निर्मलाको ‘स्पाइनल कर्ड’ भाँच्चिएर ज्यान गएको बताउँदै घटनामा ‘प्रोफेसनल’ व्यक्ति संलग्न भएको हुनसक्ने आशंका व्यक्त गरे । सोही आशंका निर्मलाको हत्या भएको दिन घटनास्थल नजिकै रहेको सेनाको ब्यारेकबाट निस्किएका अधिकारीहरुमाथि पनि छानबिन भइरहेको छ । त्यसदिन ब्यारेकबाट निस्किएका अधिकारीहरुको कल डिटेल रेकर्ड (सीडीआर) हेर्ने काम भइरहेको ती अधिकारीले बताए । एसपी दुर्गाको टोलीले त्यहाँका महिला अधिकारकर्मीहरुसँग निरन्तर सम्वाद गरिरहेको छ । छिमेकीसँगपनि हरेक दिन नयाँ ढंगमा कुरा गरिरहेको छ । अपराधि जसरीपनि समाउने प्रहरी हेडक्वाटरको म्याण्डेड अनुसार उनीहरु खटेको बुझिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!