बुटवल ।
यतिबेला ‘धर्ती माता’को रुपमा सामाजिक सञ्जालमा चर्चित बनेकी छिन् गुल्मीकी विष्णु कुँवर । गुल्मीको ईस्मा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष टीका रेश्मीका अनुसार उनको जन्म घर सोही वडा साविक हस्तीचौर गाविस–८ मा रहेको पालुखाको पनाह टोलमा हो ।
उनकी आमाको मृत्यु भइसकेको छ भने उनले बाबुको नाम सञ्चार माध्यममा गोप्य राखेकी छिन् । उनीहरु बसाइसराइ गरेर रुपन्देही गएको ८/९ वर्ष भएको उनका दाजु बलभद्र कुँवरले बताए ।
केहि दिन अगाडि नदि किनारमा लाखाैं बत्ती बालेर कोरोना सँक्रमण हटाउनकै लागि तथा देश तथा देशबासीहरूका शान्ति, सुव्यवस्था, समृद्धि तथा स्वास्थ्य लाभका लागि कामना गरेकि थिइन् ।
यतिबेला फेरि धर्तीमाताले देशमा भएका विभिन्न घटनाहरूकाे पहिले नै भविष्यवाणी गरेका सत्य सावित भएकाे र देशकाे लागि आगामी दिनहरूमा पनि शान्तिका लागि देशमा पुजा आजा नै गर्नु पर्ने बताएकि छिन् ।
भिडियोः