Sunday, November 28, 2021
Home > समाचार > यी हुन् शशस्त्र प्रहरीका जवान जो सरकारको तलब खाएर क्रिस्चियन धर्मको पचार प्रसार गर्दै नेता बन्दै हिडेका छन् -सक्दो शेयर गर्नुहोस

यी हुन् शशस्त्र प्रहरीका जवान जो सरकारको तलब खाएर क्रिस्चियन धर्मको पचार प्रसार गर्दै नेता बन्दै हिडेका छन् -सक्दो शेयर गर्नुहोस

बुटवल– ‘म सशस्त्र प्रहरीको जागिर गर्दैछु । मेरो जागिर १५ पुरा भई १६ मा टेक्दै छ । म प्रभु यशुख्रिष्टको प्रदेश दुत हुँ । म र मेरी श्रीमतीले तनहुँ र लम्जुङ्गमा प्रभुको प्रचार गर्दै आएका छौं, झण्डै ३ सय जना सहभागी कार्यक्रम हलमा आफुलाई बुद्ध गुरुङ्ग नाम र सशस्त्र प्रहरीको जागिरे बताउने ब्यक्तिले प्रभु यशुख्रिष्टको यसरी प्रचारमूलक भाषण गरे ।

केश कटिङ्गदेखि जिउडाल र लवाजसमेत प्रहरी वा सेनाको मान्छे भनेर अनुमान गर्न सकिने उनले यसरी प्रचार गरेकी मानिसको जिवनमा आउने सबैखाले परिवर्तन उनै प्रभुको विश्वास गरेर मात्र सम्भव छ । मंगलबार बिहान गुल्मीको सदरमुकाम तम्घासको ईन्दे्रणी पार्टी प्यालेसको सभाहल भित्रको कुरा हो यो ।

पोखरा, बुटवल, स्याङ्गजा, अर्घाखाँचीबाट आएकाहरुमा आफुलाई प्रभु यशुख्रिष्टको प्रचार गर्ने लिडर बताउनेहरुमध्ये उनै गुरुङ्गलाई बोल्ने समय दिइयो । उनै प्रहरीको मान्छे हुँ भन्नेले नै प्रभुको चमत्कारबारे चर्चा गरेपछि सहभागि बालकदेखि बृद्धसम्मले ध्यानपूर्वक सुनिरहेका थिए ।

उनी सशस्त्र प्रहरीका वहालवाला जागिरे हुन् भने कसरी क्रिश्चिन धर्म प्रचारका लागि प्रदेश दुत हुन सके ? कि उनले सर्वसाधारणलाई विश्वास दिलाउन सशस्त्र प्रहरीको हवला दिँदै भ्रममा पारिरहेका छन् ? यस्तो सवाल मनमा खेलाउनेहरु पनि प्रशस्त थिए ।

उनले प्रभुबारे यसरी बखान गरे– ‘म यसमा लागेको चार बर्ष भयो । गत चैत्र महिनामा हामीले यस धर्मको तीन महिने लिडरसिप तालिम पोखरामा लिएका थियौं । त्यसपछि म प्रदेश दूत भएको हुँ । प्रभुको विश्वास नगर्नु अघिसम्म म विरामी हुने, दुब्लाउने, पाईल्स जस्ता जटिल रोगबाट ग्रसित थिएँ । मादक पदार्थ पिएर श्रीमतीसँग दिनहुँ झगडा हुन्थ्यो ।

अहिले म एक मुठी बियर पनि पिउँदिन । श्रीमतीसँग कहिल्लै झगडा पनि हुन छाड्यो । मेरो त्यो विमार पनि अहिले औषधी उपचारनै नगरी आफै निको भएर यस्तो फुर्तिलो छु । प्रभु यशुलाई लाख–लाख धन्यवाद…’ उनको प्रशिक्षणको अर्थ लागू औषध दुव्र्यसनीमा फसेका मानिसहरुलाई त्यस धर्ममा आकर्षित गर्ने रहेको प्रस्ट हुन्थ्यो । प्रभुको विश्वास गरेदेखि कसैले बर्षौ अघिदेखि बेपत्ता भएको छोरा एक हप्तामै भेटेको, क्यान्सर, मुटुरोग, मेरुदण्ड निको हुने, निसन्तानलाई सन्तान समेत हुने र अन्य समस्या समेत स्वतः समधान हुने जादुई छडी हुने कुरामा विश्वास दिलाउँदै थिए उनी ।

सो कार्यक्रममा कसैले किडनीको बिमार आफै निको भएको बताइरहेको थिए भने कुनै महिलाले आफ्नो श्रीमान सँधै बिरामी पर्ने गरेको, डाक्टरकहाँ लगेर हैरानी परेपछि प्रभुको विश्वासमा लागेपछि आफैं निको भई अहिले सुःखद दाम्पत्य जिवन बिताएको बताउँदै थिए । एक जनाले आफु विगतमा विल्लीबाँठ भएको, बिहान बेलुकाको गुजारासमेत चलाउन सक्ने अवस्था नभएपछि प्रभुको शरणमा पर्नासाथ कोही छोराहरु लण्डन, कोही अमेरिका पुगेर सम्पन्न र शुखी जीवन ब्यतित गरेको बताउँदै थिए ।a

काम लागेन जादुई छडी : जस्तोसुकै जटिल समस्याको पनि प्रभुको विश्वास गरे समाधान हुने, जीवनका सफताहरुले आफैं पछ्याउने, जस्तोसुकै जटिल बिमार पनि स्वतः निको हुने प्रचारप्रसार ब्यापक रुपमा गरिदै आएको थियो । त्यो थाहा पाउनसाथ अर्घाखाँचीको छत्रदेव गाउँपालिका –५, उल्का नाच्नेचौरस्थित सुकुम्वासी र हरेक अभावले विक्षिप्त बनेकी ५५ वर्षीया बाटुलादेवी दमैलाई त्यो कुरा सच्चा ईश्वरको वरदान जस्तै लाग्यो । अन्ततः त्यहाँका केही महिलाहरुको सहारामा उनी तम्घास पुतलीबजारको उनीहरु बस्ने घरमा शरण पर्न आईन् ।

उनी पाठे घर र ब्लड प्रेसर विमारको औषधी खाई रहेकी थिईन् । प्रभुका अनुयायीहरुले त्यो औषधी खान छाड्नुस, प्रभुको विश्वास लिदै प्राथनामा जुट्नुस्, प्रभुको कृपाले आफै निको हुन्छ भन्ने सुझाव दिए ।

उनले एक महिनाजति औषधी खान छाडेर प्रभुको प्राथनामा लागिन् । अन्ततः उनको मृत्यु भयो । उनका छिमेकी अर्घातोषका सञ्चारकर्मी तथा हिन्दु जागरण नेपालका केन्द्रिय सदस्य दिपेन्द्र श्रेष्ठले त्यो भ्रम हो, अकालमा ज्यान जाला, बरु औषधी उपचार गर्ने पैसा छैन भने हामी गाउँवासीले उठाउँला भनेर सुझाए ।

तर उनि त्यस धर्ममा लिन भई सकेकी थिईन । उनले मानिनन् । श्रेष्ठ भन्छन त्यसको केहि दिन नबित्दै उनको दुई महिना अघि मृत्यु भयो ।

रहयो कुरा सशस्त्र प्रहरी हुँ भन्नेको : आज खुल्ला औपचारिक कार्यक्रममै आफुलाई सशस्त्र प्रहरीको जागिरे बताउने ती व्यक्तिले दिएको अभिव्यक्ति गम्भीर आपत्तिजनक छ । उनी यदि सशस्त्रकै वाहलवाला हुन् भने उनलाई कुनै पनि धार्मिक सप्रदायिकताका पक्ष र विपक्षमा बोल्ने आँट कसरी आयो ? उनी माथि कार्वाही हुने कि नहुने ?

यदि परिचय ढाँटेर बोलेका हुन् भने उनलाई धार्मिक ठगका रुपमा कार्वाही हुनुपर्ने सरोकारवालाहरु बताउँछन् । उनीहरु भोली पाल्पा कार्यक्रम गर्न जाँदै छन् ।

उनी खास को हुन् ? भन्नेबारे बुझ्न प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालको ध्यानकृष्ट गराईएको छ । पौड्यालले भने– ‘मैले सशस्त्रका डिएसपी साबलाई पनि बुझ्न लगाएको छु । उनीहरु यहाँबाट हिँडिसके । भोलीसम्म पाल्पासँग बुझेर उनको वास्तविकता के रहेछ बुझ्ने छौं ।’

(प्रेम सुनुवारले रातो पाटीमा लेखेको यो समाचार हामीले साभार गरेका हौ )

Leave a Reply

error: Please Dont Copy My Content!! !!