Saturday, December 3, 2022
Home > समाचार > भर्खरै कंचनपुरमा आन्दोलनको क्रममा घट्यो फेरी अर्को ठुलो घटना – पूरा हेर्नुहोस

भर्खरै कंचनपुरमा आन्दोलनको क्रममा घट्यो फेरी अर्को ठुलो घटना – पूरा हेर्नुहोस

महेन्द्रनगर: नेपाली कांग्रेसको भातृसंगठन नेविसंघका कार्यकर्ताले जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुरमा तोडफोड गरेका छन् ।निर्मला पन्तको हत्यारा पत्ता नलागेपछि आह्वान गरिएको जिल्ला बन्दको अवज्ञा गरी कार्यालय खोलेको भन्दै नेविसंघका कार्यकर्ताले तोडफोड गरेका जिल्ला सरकारी वकिल खेमराज भट्टले बताए ।

तोडफोडका क्रममा नेविसंघका कार्यकर्ताले कार्यालयमै चारजना कर्मचारीमाथि पनि हातपात गरेको जिल्ला न्यायाधीवक्ता भट्टले जानकारी दिए । साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरण अझै टुंगिन सकेको छैन । प्रहरीले नै प्रमाण मेट्ने काम गरेपछि घटना झन् रहस्यमय बन्दै गएको छ ।

कञ्चनपुर बन्द

कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई बचाउन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकार नै लागेको आरोप लागिरहेका बेला पीडित परिवारको पक्षमा नेविसंघले आमहड्ताल घोषणा गरेको छ ।

कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले लगातार निर्मला पन्तको न्यायका लागि संघर्ष गरिरहँदा पनि न्याय मिल्ने अवस्था नदेखेपछि आज मंगलबार आमहड्ताल घोषणा गरेको छ । सरकारका प्रधानमन्त्री ओली र गृहमन्त्रीले अपराधी लुकाउन भूमिका खेलिरहेको आशंका सर्वसाधारणमा छ ।

कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका हत्यारा पत्तालगाउन सरकारले ढिलाई गरेको र प्रतिवेदन सार्वजनिक नगरेको भन्दै नेपाल विद्यार्थी संघ र स्थानियहरुले स्वस्फुर्त रुपमा आज गराएको कञ्चनपुर बन्दले जनजीवन प्रभावित भएको छ ।

२ महिना भन्दा वढि समय वितिसक्दा समेत दोशीको पत्ता नलागेको त्यसमा पनि घटना झन रहस्यमय बन्दै गएको भन्दै आज नेपाल विद्यार्थि संघ र यहाँका स्थानिय ब्यापारी यातायात क्षेत्र लगायतकाले कञ्चनपुर बन्द आह्वान गरेका हुन् । आशंकाको घेरामा रहेको तत्कालिन एसपि डिल्लीराज विष्ट, उनका छोरा कीरण विष्ट र भिमदत्तनगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए टेस्टकोको नतिजा नेगेटिभ आएपछि स्थानियहरुले सरकारले दोशीलाई बचाउने भरपुर कोसिस गरीरहेको आरोप लगाएका छन् ।

उच्च स्तरिय छानविन समितिले गृहमन्त्री रामवहादुर थापालाई प्रतिवेदन बुझाएको साता दिन वितिसक्दा समेत सार्वजनीक नगर्दा वास्तविक दोशिलाई वचाउने चलखेल भईरहेको भन्दै स्थानियमा शंका उब्जीएको हो । सरकारले निर्मला हत्या प्रकरणबारेमा खोजी गर्न आनाकानी गरीरहेको नेविसंघका कार्यक्रताहरुले आरोप छ । बास्तविक हत्यारा पत्ता नलागे सम्म आन्दोलनका कार्यक्रमहरु यथावत रहने नेविसंघले चेतावनी दिएको छ ।

हत्याराको पत्ता लगाउन दबाद स्वरुप गरीएको बन्दमा यहाँको सरकारी कार्यलयहरुले पनि आफुहरुलाई सहयोग गर्ने नेपाल विद्यार्थि संघ कञ्चनपुरले जनाएको छ ।

Leave a Reply