Friday, June 18, 2021
Home > समाचार > अचानक राजिनामा दिएर बसेका डिआइजी रमेश खरेलको बारेमा आयो यस्तो खबर

अचानक राजिनामा दिएर बसेका डिआइजी रमेश खरेलको बारेमा आयो यस्तो खबर

काठमाडौं – गृहमन्त्रालयले डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले डिआइजी खरेलको राजीनामा स्वीकृत गरेका हुन् ।सरकारले नेपाल प्रहरीको २६ औं आइजीपीमा मंगलबार साँझ डिआइजी सर्वेन्द्र खनाललाई नियुक्ति गरेलगत्तै खरेलले राजीनामा दिएका थिए ।

बुधबार गृहमन्त्री थापाले उनको राजीनामा स्वीकृत गर्नुभएको गृह मन्त्रालयका प्रवक्त रामकृष्ण सुवेदीले बताए । खरेलको राजीनामा स्वीकृत भएलगत्तै प्रहरी प्रधान कार्यालयमा समेत जानकारी दिइसकेको जनाइएको छ ।

यो पनि पढ्नुहोस :

काठमाडौं, २८ चैत्र । प्रहरीले वैदेशिक रोजगार विभागमा बिचौलिया बनेर सेवाग्राहीलाई ठग्ने २९ जनालाई पक्रिएको छ । वैदेशिक रोजगार विभागको ताहाचलस्थित श्रम कार्यालय अगाडि श्रमको फारम भराउने नाममा अवैध रकम असुलिरहेका उनीहरुलाई पक्रिएको महानगरिय प्रहरीले जनाएको छ ।

विभागमा सेवाग्राही ठगिएको गुनासोको आधारमा सेवाग्राही बनेर सादा पोशाकमा खटिएका प्रहरीलाई नै बिचौलियाले ठग्न खोजेपछि उनीहरु प्रहरीको फन्दामा परेका हुन् ।

सेवाग्राहीले बिचौलियाले श्रमको फारम अनलाइन भर्ने र वैदेशिक रोजगारमा जानेहरूको बीमा गरिदिने नाममा २५ सय रुपैयाँसम्म असुल्ने गरेको गुनासो गरेपछि उनीहरुलाई पक्रिन सादामा पोशाकमा प्रहरी खटिएका थिए ।

यसअघि गएको फागुन २३ गतेपनि ३५ जना पक्राउ परेका थिए । प्रहरीले अहिले बिचौलियालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!