Wednesday, December 8, 2021
Home > समाचार > विप्लप माओवादीका युवा नेताको हत्या, यसरी निकालियो खोलामा फालेको शव – भिडियो सहित

विप्लप माओवादीका युवा नेताको हत्या, यसरी निकालियो खोलामा फालेको शव – भिडियो सहित

प्रकाश बम
१५ असोज, कालिकोट । नेपाल कम्युनिस्ट पार्टीका युवा नेता वीरबहादुर शाहीको हत्या भएको छ । पार्टी निकट युवा संगठन रेड फोर्सका जिल्ला सदस्य समेत रहेका शाहीको असोज १२ गते हत्या भएको थियो । तर, अहिलेसम्म हत्यारा पत्ता लागेका छैनन् ।

संगठनको कार्यक्रम सकेर घर फर्किरहेका शाहीको हत्या गरेर लढेखोलामा शव फाएिको थियो । शवलाई भीरबाट खसालेर पानीमा फालिएको थियो ।

यसैबीच रेड फोर्स कालिकोटका अध्यक्ष शितलकुमार विष्टले विज्ञिप्त जारी गरेर अपराधी गिरोहले निर्मम रुपले हत्या गरेको भन्दै दोषीलाई कारवाही गर्न माग समेत गरेका छन् ।

हत्यापछि प्रहरीले नै वीरबहादुर शाहीको शव आफन्तलाई उठाउन लगाएर प्रमाण नष्ट गराइएको र घटनालाई ढोकछोप गर्न खोजेको भन्दै मृतकका आफन्तले आक्रोश व्यक्त गरेका छन् । हत्यामा संलग्न रहेको आशंका प्रहरीले ३ जना स्थानीय युवाहरुलाई पक्राउ गरेको जनाइएको छ ।

शाहीको शरीर र टाउकोमा गम्भीर चोट लागेको छ । गएको वर्ष यही समयमा मृतकका दाई तथा योङ फोर्सका केन्द्रीय सदस्य सत्यबहादुर शाहीमाथि पनि ज्यान लिने उद्देश्यसहित सांघातिक आक्रमण गरिएको थियो ।

घटना स्थल दिउँसो कार्यक्रम भएको स्थानबाट एक किलोमिटर मात्र टाढा छ । हत्यारा समूहले बाटोमा कुरेर बसेको आशंका गरिएको छ ।

स्थानीयको आग्रहमा रेड फोर्सले रक्सी नियन्त्रण र भ्रष्टाचारविरुद्ध विशेष अभियान संचालन गरेपछि स्थानीय जनप्रतिनिधि र नेपली काँग्रेसका स्थानीय नेताहरुले शाहीको सार्वजनिक ठाउँहरुमा आलोचना गर्दै आएका थिए ।

शान्ति प्रक्रिया पछि कालिकोटको सदरमुकाममा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका कलाकारहरुलाई लखेटी लखेटी मारिएको थियो । उक्त घटनाका दोषीलाई अहिलेसम्म कारवाही हुन नसक्दा अपराधी समूहको मनोवल बढेको स्थानीयले बताएका छन् ।

यसरी निकालियो खाेलबाट शव

Leave a Reply

error: Please Dont Copy My Content!! !!