Sunday, September 20, 2020
Home > बिजनेस > खुशीकाे खबरः कतार र यूएईबाट दुई विमान काठमाडौं आइपुग्यो

खुशीकाे खबरः कतार र यूएईबाट दुई विमान काठमाडौं आइपुग्यो

काठमाडौँ ।

कतारी शेख अमीर तमीम बिन हमाद अल–थानीले नेपाललाई सहयोग स्वरुप प्रदान गरेको ८ टन कोभीड–१९ सम्बन्धि मेडिकल सामाग्री बोकेर कतार एयरवेजको वाइडबडी विमान बुधबार दिउसो काठमाडौं आइपुगेको छ ।

ती सामाग्री नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल–हेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वस्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई हस्तान्तरण गरेका थिए।

मेडिकल सामानमा पीपीई ७ हजार, पीसीआर टेस्ट किट, एन ९५ मास्क, भीटीएम, सीआरआरटी मेसिन, सर्जिकल ग्लब्स, अक्सीजन प्लान्ट, प्रयोगशालायुक्त मोबाइल एम्बुलेन्स लगायतका १४ प्रकारका सामान रहेका छन् ।

यसैबीच बुधबार दिउसो ५ बजे युएईले पनि नेपाल सरकारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार, त्यहाबाट इतिहादको वाइडबडी विमानमा चार्टर गरिएको करिब १२ टन सामाग्री स्वस्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई विमानस्थलमै बुझाइएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!