सुनिल कार्की, पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले जबरजस्ती करणी गरेको आरोपमा रैनादेवि छहरा गाउँपालिका १ सिद्देश्वरका एक युवकलाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी धम्की दिएर नातेदार ठुलीआमा पर्नेलाई जबरजस्ती गरेको आरोपमा युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताउनु भयो ।
आरोपित युवकलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुशन्धान भईरहेको मुद्धा शाखाका प्रहरी नायव निरीक्षक मोती खड्काले जानकारी दिनुभयो । – जनतासमाचारबाट
निर्मला पन्त हत्या प्रकरण: प्रहरी प्रमुख सर्बेन्द्र खनाललाइ बर्खास्त गर्ने
काठमाडौं। कंचनपुरकी १४ बर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको तर सरकारले अपराधी पत्ता लगाउन नसकेको पनि साढे २ महिना भैसकेको छ।
बलात्कार पछि हत्या भएकोमा प्रहरीले सुरुवाति अनुसन्धानको नाममा प्रमाण मेटाउने काम गरेको पुरा विश्वले विभिन्न भिडियो क्लिपहरु मार्फत देखेको छ। प्रहरीले किन र कसकालागि प्रमाण नष्ट गर्ने काम गरेको भन्ने कुरा पनि जनताहरुको चाँसोको बिषय हुन गएको छ।
गृहमन्त्री रामबहादुर थापाले पनि सार्वजनिक रुपमा प्रहरीबाट गल्ती भएको बताइसकेका छन्। उनको कमाण्डमा रहेको प्रहरीले ‘ब्लण्डर’ गर्दा पनि कंचनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्टलाई पक्राउ गरेर अनुसन्धान गर्नकालागि के कुराले रोकेको छ? कसैलाई थाहा छैन।