Saturday, November 27, 2021
Home > भिडियो > अहिलेसम्म मिडियामा लगाएको आरोप झुठो, पतिसँग माफी माग्दै मिडियामै यसो भनिन् रविनाले – भिडियो

अहिलेसम्म मिडियामा लगाएको आरोप झुठो, पतिसँग माफी माग्दै मिडियामै यसो भनिन् रविनाले – भिडियो

कोहलपुर । केहि महिनादेखि सामाजिध सञ्जालमा वाहवाही पाएकि थिइन तर अन्तत: रविना बादि र श्यामलाल ओलीको मिलन गराउने प्रयास बिफल भएको छ । बर्दियाको बांसगढी नगरपालिका २ राँझामा रविना र श्यामलाल बिच समस्या समाधान गरी पुनर्मिलन गराउने प्रयास भएको थियो । तर श्यामलालले रविनाले आफुलाई अहिले सम्म लगाएका लाच्छनाका कारण आफु मिल्न नसक्ने बताए पछि त्यो प्रयास विफल भएको छ ।

 

छलफलमा राँझा २ का वडा अध्यक्ष घमण्ड चन्द, रविना बादि, उनका पति श्यामलाल वली तथा रविनाका पुर्व पति विनोद नेपालीका परिवार समेत सहभागी भएका थिए । रविनाले पूर्व पति नेपालीलाई बलात्कार गरेको भनि लगाएको आरोप समेत गलत सावित भएको छ ।

उनले भेलामा आफुले आवेशमा आएर त्यस्तो आरोप लगाएको स्वीकार गरेकी छन् । १२ वर्षमा बलात्कृत भएको भनिएकी रविनाको ४ वर्षको छोरा छ । अहिले रविनाको उमेर २० वर्ष भएको छ । छोराको उमेरलाई आधार मानेर हेर्ने हो भने पनि उनले आफुलाई १२ वर्षमै बलात्कृत भएको भनेको कुरा पुष्टि हुने देखिदैन । सोमवार भएको छलफलमा भने रविनाले आफु श्यामलालसंग मिल्न चाहेको बताएकी छन् । आफुले आवेशमा आएर श्यामलाललाई कतिपय अवाच्छित आरोप लगाएको स्वीकार गर्दै आगामी दिनमा मिलेर बस्न चाहेको बताइन् ।

आफुले केही गल्ती नगर्दा समेत त्यति ठुलो आरोप लगाएकी रविनाले संगै बसेको खण्डमा झन ठूलो आरोप लगाउन सक्ने डरले उनीसंग मिल्न नसक्ने बताए । ‘अब म रविनासंग मिल्न सक्दिन । मैले केही गल्ती नगर्दा पनि मलाई अनेक लाञ्चना लगाइन्, उनले भने, अहिले मिलेको भनेर संगै बस्यौं भने सानो रिसमा यो भन्दा ठूलो आरोप लगाउन सक्छिन् त्यसैले म मिल्न सक्दिन ।’ यस अघि रविनाले आफुसंग छोडपत्र चाहेको बताउँदै उनले अब भने आफुले पनि रविनासंग छोडपत्र गर्न चाहेको बताए । भेलामा सहभागी भएका महिला नेता, सामाजिक अभियन्ता र स्थानिय बासीन्दाले पनि रविनाले भने जस्तो श्यामलालको तर्फवाट यातना नदिएको बताएका छन् ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!