Sunday, December 5, 2021
Home > Uncategorized > सिराहमा एक महिलाकाे खाना खाएर सुत्न नपाउँदै अायो यस्तो दुःखद खबर

सिराहमा एक महिलाकाे खाना खाएर सुत्न नपाउँदै अायो यस्तो दुःखद खबर

सिराह । सिराहमा एक विवाहित महिलाको हत्या गरेको अभियोगमा लहान ८ का २५ वर्षीय अमितकुमार साह पक्राउ परेका छन् । घटनाको २१ दिनपछि हरिवनबाट पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय लहानले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको समाचार अाजकाे चाैतारी अनलाइनमा छ ।मिर्चैया बजारकी अंकिता यादवको हत्या गरेको अभियोगमा साहलाई पक्राउ गरिएको प्रहरी निरीक्षक जुगेश्वर राउतले जानकारी दिए ।

 

साहले अंकिताको हत्या आफूले गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । २१ गते लहानस्थित शुभलक्ष्मी होटल एन्ड लजको कोठामा अंकिताको शव हत्या भएको अवस्थामा फेला परेको थियो । ुअंकितासँग साहको अनैतिक सम्बन्ध रहेको र अंकिताले विवाह गर्न दबाब दिएपछि साहले उनको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छु, प्रहरी निरीक्षक राउतले भने ।

साहसँगको यौनसम्बन्धबाट अंकिताले तीन महिनाअघि छोरा जन्माएकी थिइन् । अंकिताको हत्याका क्रममा नाबालक छोरा साथमै रहेको खुलेको छ । मंसिर २२ गते बिहान अंकिता बसेको कोठामा बच्चा चिच्याएपछि होटलका कामदार हेर्न गएका थिए । उनीहरूले अंकिताको हत्या भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।प्रहरीका अनुसार लहानस्थित साहको जयराम सुनचाँदी पसलमा अंकिता गहना खरिद गर्न गएकी थिइन् । त्यसपछि साहले उनलाई दिएको भिजिटिङ कार्डमा रहेको नम्बर मोबाइलमा सेभ गरेपछि सामाजिक सञ्जालमा साथी बनेका थिए ।

इमो म्यासेन्जरमा भिडियो कलमार्फत उनीहरूको सम्बन्ध स्थापित भयो राउतले भने, उनीहरू यस्तो नजिक भए कि पटक पटक लहानका विभिन्न होटलमा बस्न थालेका थिए ।

अंकिता विवाहित भएको थाहा पनि साह टाढिएनन् । अंकिताको खर्च तिर्दातिर्दै साहले पसलसमेत बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि घरपरिवारले उनलाई विराटनगरस्थित सुधार केन्द्रमा पठाएको थियो । सुधार केन्द्रबाट २८ दिनपछि फर्किनेबित्तिकै उनले अंकितासँगै सम्पर्क गरेका थिए । गर्भवती भएकी अंकिताले बच्चा जन्माउँदा करिब डेढ लाख रुपैयाँ उनले तिरेको खुलेको छ ।प्रहरीले नवजात शिशुलाई भने युवतीका श्रीमान् श्रीप्रसाद यादवको जिम्मा लगाएको छ । प्रहरी स्रोतका अनुसार अरूसँगको सम्बन्धका कारण यादवले अंकितालाई वास्ता गर्न छाडेका थिए ।

यसरी भयो घटना
प्रहरी अनुसन्धानका अनुसार २१ मंसिरमा प्रदेशसभा र प्रतिनिधिसाका निर्वाचनमा लहानस्थित मतदान केन्द्रमा कांग्रेसका तर्फबाट प्रतिनिधि बनेका थिए साह । दिउँसो अंकिताको फोन आयो । अंकिता फोनमा रुनरकराउन थालिन् । त्यसपछि उनी अंकिताको घर मिर्चैया पुगे । अंकिताले सासूससुराले बस्न समस्या पारिरहेको सुनाउँदै साहकै घरमा बस्ने भन्न थालिन् । अंकितालाई मोटरसाइकलमा राखेर लहान ल्याई लजमा राखेर उनी घर पुगेका थिए ।

घरमा खाना खाएर सुत्न नपाउँदै एक जनाले फोन गरी तपाईंको मान्छे यहाँ आएर रोइकराइ गरिरहेछ, तपाईं अहिल्यै आउनुस्ु भन्यो । श्रीमतीसँग झुठो बहाना बनाएर साह अंकिताकहाँ पुगे । तपाईंको घरमै बस्नेु भनेपछि उनले अंकितालाई घर लिएर गए । तर, परिवारका सदस्यले ढोका खोलेनन् । त्यसपछि उनीहरू लजमै पुगे । अंकिता निदाएपछि साहले डोरी लिएर उनको हत्या गरे । अंकिताको ज्यान गएपछि उनी नवजात शिशु लिएर घर गए फेरि ढोका खुलेन । त्यसपछि लज पुगेर अंकिताकै छेउमा बच्चा छाडी उनी फरार भएका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!