Sunday, December 5, 2021
Home > समाचार > भर्खरै धनकुटाबाट अायो यस्तो दुःखद खबर

भर्खरै धनकुटाबाट अायो यस्तो दुःखद खबर

धनकुटा : जीप दुर्घटना हुँदा धनकुटामा दुईजनाको मुत्यु भएको छ। सोमबार बिहान करि‍ब सवा १० बजे तिर साँगुरीगढी गाउँपालिका- १० आहालेको तम्राङबाट धरानतर्फ गइरहेको को १ ज १८२१ नम्बरको जीप साँगुरीगढी गाउँपालिका-९ हर्दियामा दुर्घटना हुँदा घटनास्थलमै दुईजनाको मृत्यु भएको हो।

दुर्घटनामा मृत्यु हुनेमा साँगुरीगढी गाउँपालिका-१० आहालेकी ३९ वर्षीया सममाया राई र पाँचथर घरभई हाल सोही ठाउँमा बस्ने ६१ वर्षीया माया सुनुवार रहेको ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताए। ब्रेक फेल भइ दुर्घटना भएको हुनसक्ने ट्राफिक प्रहरी प्रमुख खड्काले बताए । उनले घाइते भएका १४ जनालाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी दिए।

Leave a Reply

error: Please Dont Copy My Content!! !!