Sunday, December 5, 2021
Home > समाचार > निर्मला पन्तको हत्यारा नजिकैको सैनिक ! २ सैनिक पक्राउ (पूरा विवरण हेरि सक्दो शेयर गरौ )

निर्मला पन्तको हत्यारा नजिकैको सैनिक ! २ सैनिक पक्राउ (पूरा विवरण हेरि सक्दो शेयर गरौ )

निर्मला हत्याकाण्डमा दुई सैनिक सहित तीन जना पक्राउ परेको खुलाशा ,प्रहरी भने मुख खोल्नै मान्दैन,को को परे त पक्राउ?पढ्नुहोस्कञ्चनपुरको भीमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा कन्चनपुर प्रहरीले पछिल्लो समय दुई सैनिक सहित तीनलाई नियन्त्रणमा लिएको सूचना प्राप्त भएको छ ।श्रोतका अनुसार प्रहरीले नेपाली सेनाको पश्चिम पृतना अन्तर्गतको २५ नम्बर बाहिनीका दुई सैनिक सहित तीन जनालाई केही दिनअघि नियन्त्रणमा लिएको हो । तर उनीहरुलाई पक्राउ गरिएकोबारे कन्चनपुर प्रहरीले कुनै सूचना चुहाएको छैन । पक्राउ परेको खबर पाउनासाथ सार्वजनिक गर्न दबाब आउन थालेपछि यसपटक प्रहरीले कुनै सूचना नदिएको श्रोतको दाबी छ ।

यसअघि, पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दा आन्दोलन थप चर्किन थालेपछि प्रहरीले सूचना गोप्य राख्ने रणनीति लिएको हो । पक्राउ परेकालाई कन्चनपुरमै राख्दा सूचना चुहिने आशंका गर्दै उनीहरुलाई कैलालीको धनगढी लगिएको समेत श्रोतको भनाइ छ । नेपाली सेनाको २५ नम्बर बाहिनी, रोशनी र बबिता बम दिदी बहिनीको घरबाट पाँचसय मिटर भन्दा कम दूरीमा छ । स्मरण रहोस् निर्मला पन्तको शव उठाउने मुचुल्कामा २५ नम्बार बाहिनीका सेनानी (मेजर) विशाल सिंहले समेत हस्ताक्षर गरेका छन् ।

पछिल्लो पटक पक्राउ परेकाहरुको बारेमा जानकारी माग्दा जिल्ला प्रहरी कार्यालय कन्चनपुरको अनुसन्धान अधिकृतको जिम्मेवारी समेत सम्हालेका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले यसबारे आफुलाई कुनै जानकारी नभएको जवाफ दिए । उनले भने ‘यसबारे मलाई त केही थाहा छैन त । अचेल पक्राउ गर्नुअघि पक्राउ पूर्जी दिनुपर्ने नियम छ । बिना पक्राउपूर्जी सर्वसाधारणलाई त पक्राउ गर्न सकिँदैन सैनिकलाई कसरी पक्राउ गर्नु र !’ । निर्मला हत्याकाण्डबारे न्यारोडाउन मेथडबाट अनुसन्धान भइरहेको र अब हत्यारा पक्राउ पर्न धेरै समय नलाग्ने बनिबनाउ उत्तर पनि उनले दिए । हाम्रा कुराबाट

Leave a Reply

error: Please Dont Copy My Content!! !!