Thursday, December 9, 2021
Home > समाचार > निर्मला हत्या प्रकरणमा होटेल म्यानेजरले खोले फाेटोसूट बारे यस्तो सनसनीपूर्ण खुलाशा,

निर्मला हत्या प्रकरणमा होटेल म्यानेजरले खोले फाेटोसूट बारे यस्तो सनसनीपूर्ण खुलाशा,

हाेटेल ओपेरा प्रा.लि. का एक म्यानेजरले होटल परिसरभित्र एसपी विष्टका छोरा किरणले दुई पटक युवतीको फोटोसुट गरेको बताएका छन् । होटलका फ्रन्ट अफिस म्यानेजर उमेश भट्टले कुराकानीमा किरण विष्टले होटल परिसरभित्र केही युवतीहरुलाई ल्याएर दुई पटक फोटो सुट गरेको तर निर्मला नभएर अरु नै युवती भएको बताए । कुराकानीको क्रममा भट्टले निर्मलाको हत्या भएकै दिन पनि किरणले केही युवती ल्याएर फोटो सुट गरेको बताए ।

उनले त्यसको तीन दिन पहिला त्यसैगरी युवती ल्याएर होटलका गार्डेन, स्वीमिङलगायत विभिन्न स्थानका दृश्यमा फोटो सुट गरेको बताए । “किरणले दुई पटक फरक फरक युवती ल्याएर फोटो खिचाइरहेको हामीले देखेका थियौँ । होटलभित्रै फोटो खिच्न थालेपछि यहाँ डिस्टर्ब भयो भन्दा गार्डेनतिर गएर फेरि फोटाहरु खिचाएका थिए । तर, निर्मला होइनन् । भण्डारी थरकी मोडलसहित दुई युवती हुन्” भट्टले भने । दुई युवतीलाई ल्याएर विष्टले विभिन्न पोजमा फोटोसुट गरेको बताउँदै भट्टले बस्न र खान आउनेको रेकर्ड रहने तर उनीहरु फोटो मात्रै खिच्न आएकोले अरु कोको हुन् भन्ने थाहा नभएको बताए । तर, उनले निर्मला भने नभएको दाबी गरे ।

म्यानेजर भट्टले सिसिक्यामारामा १५ दिनसम्मको रेकर्ड रहने तर १६ औं दिनमा दृश्य आफै डिलिट हुने भएकोले त्यो दिनका दृश्य देख्न नपाइएको बताए । उनले आफ्नो सिसिक्यामारा पनि प्रहरीले लिएको बताउँदै फिर्ता नगरेको बताए।संचारमाध्यम र सामाजिक संजालहरुमा होटलमा फोटोसुट गरेको समाचार आएको प्रति असन्तुष्टि जनाउँदै भट्टले किरण विष्टसँग सोध्दा पनि कोको युवती हुन् भन्ने कुरा सजिलै पत्ता लाग्ने बताए ।स्रोतलाई उदृत गर्दै केही संचारमाध्यमहरुले किरण विष्टले अाफ्नो जन्म दिनको अवसरमा उक्त होटलमा अायोजना गरेको पार्टीमा निर्मला पन्तलाई पनि बोलाएर मोडल बनाउने अाश्वासन दिँदै फोटोसुट गरेको बताएका छन् ।स्थानीय र पीडित परिवारले सुरुदेखि नै किरण विष्टमाथि अनुसन्धान गर्नुपर्ने माग गरेका थिए तर प्रहरीले उल्टै गोली हान्‍यो ।

यसैबीच निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानको क्रममा गरिएको निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए भेजिनल स्वाब’मा भेटिएको डीएनएसँग मेल नखाएको रिपोर्ट आएको छ ।प्रहरीको फोरेन्सीक ल्याबमा गरिएको तीनैजनाकै डीएनए परिक्षणमा कसैको पनि स्याम्पल ‘स्वाब’मा भेटिएको डीएनएसँग मेल नखाएको रिपोर्ट ल्याबले शुक्रबारनै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइसकेको छ।प्रहरीले मुख्य अभियुक्तका रूपमा उभ्याएका दिलीपसिंह विष्टको डीएनए म्याच नभएसँगै उनीहरु तीनजना माथि नै श‌ंका गरेर परिक्षण गरिएको थियो।

प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीका अनुसार घटनाबारे अनेकन तथ्य आएका छन् तर त्यसलाई पुष्टि गर्ने आधार कतैबाट जुट्न सकेको छैन।सरकारले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको छानबिन गर्न यसअघि संलग्न प्रहरी अधिकृतहरूको भूमिकामाथि अनुसन्धान गर्न एआईजी धिरु बस्नेतको संयोजकत्वमा समिति गठन गरेको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!