Friday, June 18, 2021
Home > समाचार > गगन थापाले केपी ओलीलाई यस्तो प्रश्न सोधेपछि सामाजिक संजालमा मच्चियो यस्तो बबाल , आखिर के सोधे त ??

गगन थापाले केपी ओलीलाई यस्तो प्रश्न सोधेपछि सामाजिक संजालमा मच्चियो यस्तो बबाल , आखिर के सोधे त ??

काठमाडौं, २८ चैत । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले भारत र चीनबीचमा रेलवे बनाउन आवश्यकै नरहेको दाबी गरेकाछन् । उनले प्रधानमन्त्रीको महत्वकांक्षी योजना रेलमार्ग र जलमार्ग जनतालाई भ्रममा पार्ने खेल भएको बताएका छन् । एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीजले राजधानीको पर्यटन बोर्डमा आयोजना गरेको जलयात्रा वर्तमान र भविष्य विषयक अन्तर्क्रिया कार्यक्रममा थापाले यस्तो आशंका ब्यक्त गरेका हुन् ।

Nepali Congress leader Gagan Thapa speaking at a program organised to support quake-affected building of Central Deaf Higher Secondary School in Naxal on Monday, December 28, 2015. Photo: RSS

उनले हवाई अड्डा, पानी जहाज ल्याउने र रेलवे बनाउने कुराको कारण स्पष्ट बताउनुपर्ने बताए । उनले भने ुहामीले रेलवे बनाउने हामीले पानी जहाज ल्याउने हामीले हवाइ अड्डा बनाउने, बनाउने भन्दै गर्दा केका लागि बनाउने उनले भने ? उनले नेपालमा बाटो नै निर्माण नगरी भारत र चिनमा सामान बेच्न रेल ल्याउंछु भन्नु भ्रममा पार्ने खेल भएको बताए ।

आफू रेलमार्गको विरोधी नभएको उल्लेख गर्दै थापाले भने नेपालमा आउने रेललाई हामी भरेर पठाउन सक्छौ कि सक्दैनौ ?

दुई देशबीच अर्बौको व्यापार भइरहेको बेला रेलवे र जलमार्ग काम लाग्ने कुरो नभएको उनको भनाई छ । ‘हान्ड्रेड बिलियन युएस डलरको टार्गेट राखेर व्यापार चलिरखेको बेला यो काम छैन’ थापाले भने।

कांग्रेस नेता थापाले कृषि र पर्यटनमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् । उनले विकासका लागि हावाको गफ मात्र नभएर समृद्धिको सोच नै परिवर्तन गर्नुपर्ने धारणा राखे

Leave a Reply

error: Please Dont Copy My Content!! !!