Saturday, July 10, 2021
Home > अन्तराष्ट्रिय > जापानबाट अायो अति नै दुःखकाे खबर, बुलेट ट्रेन भन्दा तिब्र गतिकाे अाँधी, जीवन नै यस्तो अस्तव्यस्त

जापानबाट अायो अति नै दुःखकाे खबर, बुलेट ट्रेन भन्दा तिब्र गतिकाे अाँधी, जीवन नै यस्तो अस्तव्यस्त

कागोसिमा, जापान । जापानमा आइतबार आएको शक्तिशाली आँधीका कारण ५० जनाभन्दा बढी घाइते भएका छन् । मौसमविदहरुले तीव्र बेगको आँधी र मुसलधारे वर्षाका कारण बाढी र पहिरोले थप क्षति गर्ने सम्भावना बढेको जनाएका छन्। ‘तुफान त्रामी’ नाम दिइएको यस आँधीले पश्चिमी जापानको बुलेट ट्रेन (तिब्र गतिको रेल सेवा) लाई पनि प्रभावित बनाएको छ । त्यसैगरी झण्डै एक हजार उडान रद्द गरिएका छन् ।

अन्य विभिन्न सेवामा पनि आँधीको असर परेको छ। आइतबार साँझदेखि टोकियो सहित त्यस आसपासको ठूलो क्षेत्रमा प्रभाव देखिने अनुमान गरिएको छ । आइतबार बेलुका टोकियोको पनि रेलसेवा बन्द गरिने भएको छ।

स्थानीय समय अनुसार बेलुका छ बजेतिर ओसाका क्षेत्रमा आँधी आएको थियो । शाक्तिशाली सो आँधी ओकीनावामा पनि आएको अधिकारीहरुको भनाइ छ।आँधीका कारण थुप्रै घर तथा भौतिक संरचनाहरुमा क्षति पुगेको छ भने ५० भन्दा बढी घाइते भएका छन्। अहिलेसम्म कसैको मृत्युको खबर नआएको अधिकारीहरुले बताएका छन्।

आँधीका कारण भारी बर्षा भैरहेको र ठूलो हावाहुरी चलिरहेको खबर जापानी संचारमाध्यमहरुले निरन्तर प्रसारण गरिरहेका छन्। सरकारी सञ्चार माध्यमले जनाएअनुसार झण्डै तीन लाख घरमा विद्युत सेवा अवरुद्ध भएको छ । आँधी आएका बेला बाहिर ननिस्कन अधिकारीहरुले चेतावनी दिएका छन्।

मौसम विज्ञान अधिकारीहरुले यो आँधी अघिल्लो महिना आएको आँधी भन्दा ठूलो हुनसक्ने र २५ बर्ष यताकै शक्तिशाली हुने सम्भावना रहेको बताएका छन्।लगातार प्राकृतिक विपत्तिको सामना गरिरहेको जापानमा अहिले यो सिजनको २४औं आँधी हो । त्यसैगरी गत सेप्टेम्बरमा दक्षिणी टापु होक्काइडोमा आएको ६।६ म्याग्नीच्युडको भूकम्पका कारण ४० भन्दा बढीको मृत्यु भएको थियो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!