Thursday, October 1, 2020
Home > खेलकुद > बार्सिलोनाका ब्राजिलियन लिजेन्ड रोनाल्डिन्हो अन्ततः यसरी भए जेलमुक्त

बार्सिलोनाका ब्राजिलियन लिजेन्ड रोनाल्डिन्हो अन्ततः यसरी भए जेलमुक्त

चैत २६, एजेन्सी – बार्सिलोनाका ब्राजिलियन लिजेन्ड रोनाल्डिन्हो जेलमुक्त भएका छन् । उनका दाइसँगै पाराग्वेमा पक्राउ परेका उनी ३२ दिनपछि जेलमुक्त भएका हुन् । मार्चको पहिलो साता नै रोनाल्डिन्हो र उनका दाइ नक्कली पासपोर्ट बनाएर हिडेको अवस्थामा पाराग्वेमा पक्राउ परेका थिए । त्यस पश्चात उनीहरूलाई सोही मुलुकको जेलमा राखिएको थियो ।

अब रोननल्डिन्हो र उनका दाइ एसिस घरमै बसेर जेल सजाय भुक्त गर्न सक्नेछन् । यसका लागि रोनाल्डिन्हो दाजुभाइले १.६ मिलियन जरिवाना स्वरूप तिरेका छन् । मार्चको पहिलो साता नै पक्राउ परेका उनी ४० औँ जन्मदिनमा पनि जेलमै रहे । जेलमा पनि उनि विभिन्न खाले अान्तरिक फुटबल खेलमा सामेल भएका थिए ।

कोरोनाले लियो ग्वार्डिवलाकी आमाको ज्यान

एजेन्सी – इंग्लिस क्लब म्यान्चेस्टर सिटिका वर्तमान प्रशिक्षक पेप ग्वार्डिवलाकी आमाको मृत्यु भएको छ । स्पेनमा आक्रामक बनिरहेको कोरोना भाइरसले उनकी आमाको मृत्यु भएको हो । कोरोना भाइरसबाट संक्रमित उनकी आमाको मृत्यु भएको म्यानचेस्टर सिटिले घोषणा गरेको छ । उनकी आमा ८२ वर्षकी रहेकी थिइन् ।

म्यानचेस्टर सिटिले ग्वार्डिवलाकी आमाको मृत्युमा शोक जनाउँदै ट्विटरमा “कोरोना भाइरसका कारण क्लबका प्रशिक्षक ग्वार्डिवलाकी आमा डोलर्स सलाको मृत्यु भएको खबर प्रवाह गर्दा क्लब दुखी भएको छ । उनी ८२ वर्षकी थिइन् र क्लबसँग जोडिएका सबैको उनीप्रति हार्दिक समवेदना छ ।” पोस्ट गरेको छ ।

डोलर्स सलाको मृत्युप्रति म्यान्चेस्टर युनाइटेडले पनि दुःख व्यक्त गरेको छ । उनकी आमाको स्पेनको शहर बार्सिलोनामा मृत्यु भएको हो । स्पेनमा कोरोना भाइरसका कारण १३ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । ग्वार्डिवलाले कोरोनासँग लड्न एक हप्ता अगाडी १ मिलियन पाउण्ड सहयोग गरेका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!