Tuesday, July 13, 2021
Home > समाचार > कोस्टारिकामा केपी ओलीलाई पीएचडी उपाधी…

कोस्टारिकामा केपी ओलीलाई पीएचडी उपाधी…

काठमाण्डु, १४ असोज – कोस्टारिकाको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को पीएचडीको उपाधी पाउने भएका छन् ।सान जोसमा रहेको शान्ति विश्वविद्यालय(युनिभर्सिटी फर पिस) ले उनलाई मानार्थ विद्यावारिधीको उपाधि दिनेछ । सोही क्रममा नेपालले युनिभर्सिटी फर पिसको स्थापनासम्बन्धी अन्तराष्ट्रिय सन्धीमा हस्ताक्षर गर्ने बताइएको छ ।

नेपालका तर्फबाट सन्धिमा परराष्ट्र मन्त्रालयका अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । योसँगै नेपाल विश्वविद्यालय चार्टर अंगिकार गर्ने ४१ औँ मुलुक हुनेछ ।

यसअघि प्रधानमन्त्री ओलीलाई गत चैतमा भारतको राजकीय भ्रमणका क्रममा त्यहाँको उत्तराखण्डमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्व विद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो ।

त्यस्तै सन् २०१० मा उनलाई विवादास्पद ग्रिनफोर्ड युनिभर्सिटीले काठमाण्डुमा विशेष दीक्षान्त समारोह आयोजना गरी मानार्थ विद्यावारिधिको उपाधि दिएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!