Wednesday, November 30, 2022
Home > Uncategorized > दोहा हिडेका कतारी नागरिककाे झोला खोलेर हेर्दा विमानस्थलका प्रहरी नै चकित…

दोहा हिडेका कतारी नागरिककाे झोला खोलेर हेर्दा विमानस्थलका प्रहरी नै चकित…

नेपालबाट विदेशी मुद्रा तस्करी हुनु नाैलाे रहेन। तर शनिबार एकजना कतारका नागरिक नेपाली रूपैयाँ तस्करी गरिरहेकाे अवस्थामा विमानस्थलमा पक्राउ परेका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार अपरान्ह १६ लाख २५ हजार नेपाली रुपैयाँ सहित एकजना कतारका नागरिक पक्राउ परेका हुन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतार एयरको उडानमा दोहा जान लागेका कतारका नागरिक वर्ष ३९ का मोहमद हुन ।

उनकाे साथबाट नेपाली रुपैयाँ बरामद भएको हो। कतारको राहदानी नम्बर ०१४३५८९३ रहेका सकुर्तीको साथमा रहेको कालो हेन्ड व्यागको चेकजाँचमा रकम बरामद भएको हो । प्रहरीका अनुसार होल्ड व्यागेज एक्सरे चेकिङ्गमा रकम फेला परेपछि उनलाई नगद सहित विमानस्थल सुरक्षा गार्ड कार्यालयमा राखिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply