Monday, July 12, 2021
Home > समाचार > बाजुराबाट अायो सबैलार्इ रूवाउने यस्तो खबर किशोरीको दुःखद मृत्यु….

बाजुराबाट अायो सबैलार्इ रूवाउने यस्तो खबर किशोरीको दुःखद मृत्यु….

बाजुरा, असोज १२ । जिल्लाको बडिमालिका नगरपालिका-४ मा भीरबाट खसेर एकजना बालिकाको मृत्य भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका-४ रिला बस्ने काँशी चदाँराकी १५ वर्षीया छोरी पूजा चदाँरा रहेकी छन्।  भैंसीका लागि घाँस काट्न गएको बेला गाउँ नजिकैको भाँटीकुणा भीरबाट खसेर उनको मृत्यु भएको हो। शुक्रबार बिहान करिब ११ बजेतिर घटनास्थलमै मृत्यु भएको उनकी दिदी लक्ष्मी विकले बताइन्।

नेपाल राष्ट्रिय मावि जडाङ्गमा कक्षा १० मा अध्ययनरत पूजा विद्यालय नगएर भैंसीका लागि घाँस काट्न गएकी थिइन्। घाँस काट्ने क्रममा खुट्टा चिप्लिएर भीरबाट खसेको हुनसक्ने परिवारको अनुमान छ। यहाँका अधिकांश बालबालिका पढाइभन्दा घरको काम अनिवार्य गर्नुपर्ने बाध्यता छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!