Sunday, July 11, 2021
Home > अन्तराष्ट्रिय > भर्खरै गयो ७.४ म्याग्निच्युडको यस्तो खतरा भूकम्प, होइन के हुन अाँटेकाे यो सँसारमा?

भर्खरै गयो ७.४ म्याग्निच्युडको यस्तो खतरा भूकम्प, होइन के हुन अाँटेकाे यो सँसारमा?

राजधानी, १२ असोज – मध्य इन्डोनेसियामा शुक्रबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । यस भूकम्पपछि सुनामी आउने चेतावनी भने नदिइएको भू विज्ञान विभागका अधिकारीहरुले जानकारी दिएका छन् । यस भूकम्पको केन्द्रबिन्दु सुलावेसी द्वीपमा १८ किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले (युएसजिएस) ले जानकारी दिएको छ । यस भूकम्पपछि तत्काल मानवीय र सम्पत्तिको क्षति नभएकाे कुरा छ ।

यहाँको भूभौतिक विभागले जानकारी दिएको छ । सुनामी डर नभएको सो विभागले थप जानकारी दिएको छ । विश्वको तुलनामा इन्डोनेसिया बारम्बार भूकम्प जाने देशको सूचीमा पर्दछ । सन् २०१४ मा पश्चिमी इन्डोनेसियामा गएको ९.३ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी दुई लाख २० हजार व्यक्तिको मृत्यु भएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!