Sunday, December 5, 2021
Home > अपराध > सामुहिक बलात्कार पछि युवतीलाई मरेको सम्झेर झाडीमा फालेर गए, २७ घण्टापछि होशमा आएपछि खुल्यो यस्तो नालीबेली

सामुहिक बलात्कार पछि युवतीलाई मरेको सम्झेर झाडीमा फालेर गए, २७ घण्टापछि होशमा आएपछि खुल्यो यस्तो नालीबेली

२३ वर्षकी एक युवतीलाई सामूहिक बलात्कारपछि हत्याको प्रयास गरिएको छ । अफिसबाट घर जान लागेकी युवतीलाई बाटोमै अपहरण गरेर बलात्कार गरिएको हो । राँचीको धनबागमा रहेको फुटबल मैदानमै सामूहिक बलात्कार गरिएको बताइएको छ । त्यपछि उनलाई मार्ने उद्देश्यले उनको टाउको र अनुहारमा ढुंगाले आक्रमण गरियो । उनको दाँतहरु धेरै भाँचिएका छन् । टाउको रगतैरगत भएको छ ।

मंगलबार पीडितलाई अस्पताल पुर्याइएको छ । अस्पतालमा २७ घण्टापछि उनको होस आएको छ । तर, उनी केही बोल्ने अवस्थामा थिइनन् । बलात्कारीहरुले उनलाई मरेको सम्झेर अर्धनग्न अवस्थामा झाडीमा फालेर गएका थिए । मंगलबार बिहान गाउँलेले उनलाई जीवितै भेटेपछि प्रहरीलाई सूचना गरेका थिए । चोटका कारण उनी बोल्न असमर्थ छिन् । औलाको निशानको आधारमा उनको पहिचान खुलेको हो ।

पीडित युवतीलाई २ पटक होस आएको छ । उनले इशारामा बताइन् कि बलात्कारी तीन जना थिए । तर चिकित्सकका अनुसार भने बलात्कारी धेरै हुन सक्छन् । घटनास्थलबाट पुलिसले रक्सीका बोतल बरामद गरेको छ । पीडितलाई होस नआएको हुँदा अनुसन्धान अगाडि बढाउन कठिन छ । यद्यपि प्रहरीले केही सुरागको आधारमा अनुसन्धान अगाडि बढाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!