Friday, May 27, 2022
Home > समाचार > निर्मला हत्याकाण्डमा खुल्यो अहिलेसम्मकै यस्तो खुलाशा निलम्बित एसपी यी कारणले मुख्य संदिग्ध!

निर्मला हत्याकाण्डमा खुल्यो अहिलेसम्मकै यस्तो खुलाशा निलम्बित एसपी यी कारणले मुख्य संदिग्ध!

समितिमा सत्तारुढ नेकपाका सांसद झपट रावल, रेखा शर्मा, विजय सुब्बा, प्रमुख प्रतिपक्षी कांग्रेसका अमरेशकुमार सिंहलगायत सांसदले निर्मला हत्याकाण्डमा प्रहरी प्रशासनले नै प्रमाण नष्ट गर्ने र दोषी उम्काउने भूमिका खेलेको भन्दै गृहमन्त्री थापासँग असन्तुष्टि जनाएका थिए । जवाफमा गृहमन्त्री थापाले प्रहरी प्रशासनको कमजोरी स्वीकार गरे । ‘११ गते नै निर्मलाका बुवाको औंठाछापसहित मुचुल्का उठाइएको रहेछ’,

उनले भने, ‘जबकि निर्मालाका बुवा भोलिपल्ट १२ गते मात्र भारतबाट नेपाल फर्केका रहेछन्।’ यस्तै निर्मलाले लगाएको लुगा सुरक्षित गर्नुको साटो जलाइनु पनि गम्भीर कमजोरी भएको उनले स्वीकार गरे । ‘यस्तो घटनामा त लुगा सुरक्षित राख्नुपर्ने हो’, उनले भने, ‘त्यहाँ त मृतकले लगाएको लुगा जलाउन लगाइएको रहेछ।’ साउन १० गते साथीको घरबाट फर्केपछि हराएकि निर्मलाको साउन ११ गते शव फेला परेको थियो।, अन्नपूर्ण पोस्टमा खबर छ ।

निलम्बित एसपी विष्ट नै मुख्य संदिग्ध !
गत साउन १० गते साथीको घर जान्छु भनेर निस्केकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । हत्या भएको २ महिनाको अवधिमा अभियुक्तहरू अझै पक्राउ पर्न सकेका छैनन् ।

हत्यारालाई पक्राउ गरी कारवाही अगाडि बढाउने जिम्मेवारी पाएको सरकारी निकाय नै हत्यारालाई जोगाउन लागेपछि न्यायका लागि स्थानीयले आन्दोलन नै गर्नुर्पयो । ‘निर्मलाका निम्ति न्याय’ माग्दै देशभर नै आन्दोलन भयो ।

यसबीचमा सरकारले गृह मन्त्रालयका सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन र्गयो । समितिले मंगलवार गुपचुप रूपमा गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनमा उल्लेख भएका विषय गोप्य राखिएको छ । तर गृह मन्त्रालय स्रोतबाट प्रतिवेदनमा उल्लेख केही विषय प्राप्त भएको छ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक समेत रहेका सहसचिव मैनाली नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमा कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख निलम्बित प्रहरी उपरीक्षक (एसपी) डिल्ली विष्टलाई निर्मलाको बलात्कार र हत्या प्रकरणको मुख्य संदिग्धको सूचीमा राखेको छ ।

घटनाका सबै तथ्य केलाएको समितिले अन्ततः एसपी विष्टलाई मुख्य संदिग्धको सूचीमा राखेको हो । ‘तत्कालीन एसपी विष्टलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घटनाका सबै तथ्य खुल्ने संकेत गरेर उनलाई मुख्य संदिग्धको सूचीमा राखिएको छ,’ गृह मन्त्रालय स्रोतले भन्यो ।

पोस्टमार्टममा लापरवाही
शव परीक्षण (पोस्टमार्टम)का लागि जनकपुर अञ्चल अस्पतालमा र्पुयाउँदा चिकित्सकले हदैसम्म लापरवाही गर्ने गरेको पाइएको छ । हत्याको कारण खुलाउन प्रहरीले शव परीक्षणका लागि अञ्चल अस्पताल र्पुयाउने गर्छ । तर, अस्पतालका डाक्टरले पोस्टमार्टममा लापरवाही गर्दा हत्याको कारण पत्ता लगाउन जटिल हुने गरेको जनाइएको छ ।

पोस्टमार्टम गर्दा शवको चिरफार गरेर अनुसन्धानका लागि आवश्यक शरीरका अंगको नमूना र भिसेरा संकलन गरिन्छ । तर, नमूना संकलन गर्नमा अस्पतालका सफाइकर्मी कर्मचारी खटिने गरेका छन् । शवबाट नमूना संकलन गरेर शिलबन्दी गर्नेसम्मको काम सफाइकर्मीले गर्छन् । अदक्ष व्यक्तिले नमूना संकलन र शिलबन्दीमा खटिँदा त्रुटिको सम्भावना हुने र अनुसन्धान प्रक्रिया प्रभावित हुने खतरा रहन्छ ।

‘अनुसन्धानका लागि आवश्यक पर्ने विधि र मात्रा अनुसार भिसेरा ननिस्कने खतरा मात्रै हुँदैन, अनुसन्धान नै अर्को कोणमा पुगेर अनुसन्धान नै प्रभावित हुन सक्छ,’ धनुषाका सरकारी वकिल टेकबहादुर कार्कीले भने, ‘पोस्टमार्टम गर्ने काम भनेको स्वीपर (सफाइकर्मी) को होइन । फोरेन्सिक विभागमा विशेषज्ञता हासिल गरेका दक्ष चिकित्सकले गर्ने हो ।’ सफाइकर्मी विशेषज्ञ डाक्टरलाई सघाउन भौतिक काममा मात्रै खटिनुपर्ने कार्कीले बताए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!