Tuesday, April 20, 2021
Home > प्रवास > कोरोनाकाे सँक्रमणकाे खतराले कुबेतमा उडान बन्द, दुई साता सार्वजनिक बिदा

कोरोनाकाे सँक्रमणकाे खतराले कुबेतमा उडान बन्द, दुई साता सार्वजनिक बिदा

फाल्गुण २९, एजेन्सी – कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यान दिंदै कुवेत सरकारले आज (बिहीबार)देखि दुई सातासम्मलाई सार्वजनिक बिदाको घोषणा गरेको छ । ठूलो संख्यामा नेपाली र अरु देशका आप्रवासी कामदार रहेको कुवेतले संक्रमण फैलिन सक्ने भन्दै यस्तो गरेको हो । करिब ४२ लाख जनसंख्या रहेको कुबेतमा ७० प्रतिशत आप्रवासी कामदार रहेको तथ्यांक छ । करिब ८५ हजार नेपाली कामदार कुवेतमा कार्यरत छन् ।

कुवेतले शुक्रबार मध्यरातदेखि लागू हुने गरी कार्गो बाहेकका सबै अन्तर्राष्ट्रिय उडानहरु बन्द गर्ने भएको छ । यसले नेपाली कामदार पनि प्रभावित हुनेछन् । कुवेतमा हालम्म ७२ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको अन्तरष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युरोपका सबै देशबाट अमेरिका आवागमनमा प्रतिबन्ध

कोरोनाभाइरसको संक्रमण रोक्न भन्दै अमेरिकाले बेलायत बाहेक युरोपका सबै मुलुकबाट यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । एक टेलिभिजन सम्बोधन मार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घोषणा गरेका हुन् । शुक्रबार साँझदेखि लाग्ने यो प्रतिबन्ध एक महिनासम्म कायम रहनेछ ।

अत्यावश्यक यात्राका लागि बेलायतमा प्रतिबन्ध लागु नहुने ट्रम्पले बताएका छन् । यसअघि एक ट्विटमार्फत ट्रम्पले कोरोना भाइरसको चुनौतीसँग लड्न तयार रहेको बताएका थिए । अमेरिकामा कोरोना भाइरसका कारण ३८ जनाको मृत्यु भएको छ भने १३ सय ३७ जनामा संक्रमण देखिएको छ ।

मेडिकल कलेजवाट शिशु चो’रेर लैजाने विमकला

पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासबाट नवजात शिशु अ प हर ण गरेर ब न्ध क बनाउने विमकला पाण्डेलाई पाँच वर्षको कै द फैसला सुनाएको छ । मेडिकल कलेजबाट गत असार २७ गते नवजात शिशु लिएर फ रा र भएकी गल्याङ नगरपालिका– ५ का ३६ वर्षीय पाण्डेलाई जिल्ला अदालत पाल्पाका न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले रु ५० हजार क्षतिपूर्ति र रु ५० हजार जरिवानाको फैसला सुनाएको स्रेस्तेदार कृष्ण मुरारी सिग्देलले जानकारी दिनुभएको छ ।

शिशु लिएर फ रार भएकी पाण्डेलाई प्रहरीले गत असार २८ गते गि र फ्ता र गरेको थियो । प्रभासमा तानसेन नगरपालिका वडा नं ९ डाँडाडुमका २२ वर्षीया जमुना रानाले २७ गते जन्माएको छोरालाई उनले अ पह रण गरेकी हुन् । सुत्केरी छोरीको हेरचाहका निम्ति बसेकी आमाले ज्वानोको लिन गएका बेला बच्चा काखमा लिएर सहयोग गर्ने भन्दै पाण्डे पनि बच्चा लिएर अस्पतालकै क्यान्टिनमा गएकी थिइन् । ज्वानोको झोल लिएर जानुस् म बच्चा लिएर आउँछु भनेकी विमकला अस्पतालको तल्लो तलाबाटै भा गेकी हुन् ।

Leave a Reply