Tuesday, April 20, 2021
Home > Uncategorized > कतार एयरवेजले दियो टिकट निःशुल्क

कतार एयरवेजले दियो टिकट निःशुल्क

काठमाडौं – कतार एयरवेजले टिकट निःशुल्क सार्न मिल्ने सुविधा दिएको छ। एयरलाइन्सले विज्ञप्तिमार्फत आफ्ना ग्राहकका लागि उच्चतम लचकता अपनाएको उल्लेख गरेको छ। विश्वका १६० गन्तव्यमा उडान गर्दै आएको कतार एयरवेजले जुन महिनाको अन्त्यसम्म कुनै पनि मितिमा टिकट बुक गरेका या गर्न गइरहेकाले आफ्नो यात्रा योजना परिवर्तन गर्न सक्ने एयरलाइन्सले उल्लेख छ। समाचार आजकाे अन्नपुर्ण पोष्टमा प्रकाशित छ ।

त्यस्तै उनीहरूको बुकिङ, टिकट परिवर्तन या ट्राभल भौचर एक वर्ष अवधिका लागि मान्य रहनेछ। यद्यपि यात्रुले आफ्नो यात्रा सुरु गर्नु तीन दिनअघि अनिवार्य रूपमा आफ्नो सेड्युल परिवर्तन गराइसक्नुपर्छ। विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण धेरै यात्रा योजना, कार्यक्रम, बिजनेस मिटिङ परिवर्तन भएका छन्। विश्वव्यापी यात्रालाई नै यसले प्रभावित बनाएको छ।

कतार एयरवेजले आफ्ना जहाजलाई विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय हवाई उड्ययन संघको मापदण्डअनुसार नै डिस्इन्फेक्ट भाइरसरहित बनाएको बताएको छ। कतार एयरेवेजका प्रमुख कार्यकारी अकबर अल बकरले यात्रु र उडान दलका सदस्यको सुरक्षा र सुस्वास्थ्य प्राथमिक भएकाले स्वच्छतासम्बन्धी व्यवहारमा कुनै सम्झौता नहुने बताएका छन्। उनले विश्वस्त भएर यात्रा गर्न यात्रुलाई आह्वान गरेका छन्।

पर्यटकको पहिलो रोजाइमा सिस्नुका परिकार

मान्म– कालीकोटको खाँडाचक्र नगरपालिका–७ पिलीमा सञ्चालित कर्णाली सामुदायिक घरवास ‘होमस्टे’मा आउने पर्यटकका लागि स्थानीय सिस्नुका परिकारहरु पहिलो रोजाइ बन्ने गरेका छन् । यसका परिकार स्वादिलो हुने भएकाले माग समेत बढेको छ । होमस्टेमा आउनेले सबैभन्दा बढी स्थानीय परिकार नै बढी खोज्ने गरेका छन् । सिस्नु, कोदो, मकै र रातो चामलको परिकार बढी खोज्ने गरेको होमस्टे सञ्चालक पुत्रबहादुर मल्लले जानकारी दिए ।

‘यहाँ आउने स्वदेशी तथा विदेशीले स्थानीय खाना बढी खोज्ने गरेका छन्,’ उनले भने, ‘सिस्नु पहिलो रोजाइमा पर्ने गरेको छ ।’ होमस्टेमा आउनेमा बढी स्वदेशी हुने गरेको उनीहरुले प्रायःजसोले सिस्नोको स्वाद लिने र फर्किदा सिस्नुको पीठो लैजाने गरेको सञ्चालक मल्लले बताए । ‘यहाँ आउने प्रायः नेपाली पर्यटक बढी हुने गरेका छन्,’ उनले भने, ‘स्थानीय सिस्नुको स्वाद चाख्छन् र सिस्नु पीठो घरमा पनि लैजान्छन् ।’

यहाँ आउने विदेशी पर्यटकले इन्टरनेटको माग बढी गर्ने गरेका छन् । सो सुविधा नभएकोले यहाँ आउने विदेशीले लामो समयसम्म बस्न नमान्ने वडाध्यक्ष रजबहादुर मल्लले जानकारी दिए । ‘होमस्टेमा विदेशी पर्यटक पनि आउँछन्,’ उनले भने, ‘विदेशी इन्टरनेटको माग बढी गर्छन् । यहाँ इन्टरनेट नहुँदा धेरै बस्न मान्दैनन् ।’

होमस्टे सञ्चालक पुत्रबहादुर मल्लले भने, ‘नेपाली पर्यटकले इन्टरनेटको खासै माग गर्दैनन् । मोबाइल फोन पनि राम्रो काम नगर्ने गाउँमा विदेशी पर्यटकहरुले इन्टरनेटको माग बढी गर्छन् ।’

Leave a Reply