Tuesday, April 20, 2021
Home > Uncategorized > डरलाग्दो कोरोना संक्रमणकाे शिकार बनिरहेकाे इटालीमा नेपालीहरूको यस्तो छ अवस्था

डरलाग्दो कोरोना संक्रमणकाे शिकार बनिरहेकाे इटालीमा नेपालीहरूको यस्तो छ अवस्था

काठमाडौं, फागुन २९-इटालीमा करिब १५ सय नेपाली रहेको अनुमान छ।एनआरएएन इटालीका उपाध्यक्ष छबिलाल कँडेलका अनुसार धेरै नेपाली रहेको रोमन नजिकका क्षेत्रमा कोरोना प्रभाव न्युन छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा चन्द्रशेखर अधिकारी र ध्रुवराज अर्यालले लेखेका छन्। सबैभन्दा बढी प्रभावित लोमबर्दिया क्षेत्रका नेपाली पनि सुरक्षति रहेका कँडेलले बताए।इटालीमा बुधबार अपरान्हसम्म करिब साढे ६ सय जनाको मृत्यु भएको छ ।

त्यस्तै १० हजारभन्दा बढीमा संक्रमण भेटिएको छ। चीनपछि सबैभन्दा बढी कोरोना भाइरस प्रभावित मुलुक इटाली हो।प्रधानमन्त्री जुसेपे कोन्टेले सबै नागरिकलाई आफ्नै घरमा बस्न र यात्रा नगर्न आग्रह गरेपछि ६ करोड जनसंख्या रहेको इटाली पूरै ‘लक डाउन’ छ।

देशभरका सबै शिक्षण संस्था आगामी महिनासम्मका लागि बन्द गरिएका छन्।मिलानमा बस्ने कँडेलले भने, ‘हामीलाई कोही नेपाली संक्रमित बनेको खबर छैन। हामी सबै नेपालीसँग निरन्तर सम्पर्कमा छौँ।’

भारतमा पनि कोरोनाकै कारण एककाे मृ त्यु

भारत- भारतमा कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक एक जनाको मृ’त्यु भएको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार अनुसार कर्नाटक राज्यमा कोरोना संक्रमणको आशंका गरिएका एक जनाको बुधबार मृ त्यु भएको हो। कर्नाटकमा एक ६९ वर्षीय व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

भारतको कर्नाटक राज्य सरकारले कोभिड-१९ (कोरना भाइरस) महामारी घोषणा गरेको छ। बुधबार कर्नाटकले कोरोना भाइरसको महामारी घोषणा गरेको भारतीय समाचार माध्यमले जनाएका हुन् । कर्नाटक राज्यमा सबै विद्यालय बन्द भइसकेका छन्। परीक्षाका कार्यक्रम पनि सारिएको छ। भने हाम मिलाउनुको सट्टा नमस्ते अभियान समेत चलाइएको छ।

कर्नाटकका स्वास्थ्य मन्त्रीले १ लाखभन्दा बढी मानिसमा कोरोनाको परीक्षण गरिए पनि ६ सय मानिसमा मात्र संक्रमण हुन सक्ने आशंका गरिएको बताएका छन्। भारतमा हालसम्म ६२ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। यसैबीच भारत सरकारले अप्रिल १५ सम्मका लागि अत्यावश्यक बाहेकका सबै भिसा रद्द गरेको छ।

विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भन्दै भारत सरकारले अप्रिल १५ सम्मका सबै भिसा रद्द गर्ने निर्णय गरेको हो।बुधबार स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्यावश्यक बाहेकका सबै भिसा रद्द गर्ने निर्णय भएको गरेको छ।

‘कूटनीतिक, कार्यालयीय, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय निकाय, रोजगारी, प्रोजेक्ट भिसाबाहेक हाल जारी भएका सबै भिसा अप्रिल १५ सम्मका लागि रद्द गर्ने निर्णय भएको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

Leave a Reply