Tuesday, April 20, 2021
Home > प्रवास > दुःख गरेर अमेरिकाको कार्ड त बनाए तर परिवार लैजाने तैयारीमा रहेका सुनिल अचानक सुतेको सुत्यै भएपछि…

दुःख गरेर अमेरिकाको कार्ड त बनाए तर परिवार लैजाने तैयारीमा रहेका सुनिल अचानक सुतेको सुत्यै भएपछि…

एजेन्सी । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा एक नेपाली युवा मृ* त अबस्थामा फेला परेका हुन् । बाग्लुङका ३१ बर्षिय सुनिल केसी सुतेकै अबस्थामा मृ* त फेला परेको बताइएको छ ।काम गर्ने स्टोरको माथिल्लो तल्लामा बस्दै आएका केसी दुईदिनदेखि काममा नआएपछि स्टोर मै काम गर्ने सहकर्मीहरु खोजी गर्दै जादा ढोका नखोलेपछि प्रहरीलाई खबर गरी प्रहरीले ढोका खोल्दा उनी मृ’त अबस्थामा फेला परेको बताइएको छ ।

केसीको श व पोष्ट मार्ट मपछि बाल्टिमोरको कोरोनरी हाउसमा राखिएको बताइएको छ । उनको निधनको कारण खुल्न नसकेको बताइएको छ ।केसीको श’व पोष्टमार्टमपछि बाल्टिमोरको कोरोनरी हाउसमा राखिएको जनाइएको छ । नेपालमा रहेको उनको परिवारले उनको श’व नेपाल मै पठाउन अनुरोध गरेका छन् । हालैमात्र अमेरिकामा बस्ने कानुनी हैसियत प्राप्त गरेका केसीले नेपालबाट श्रीमती र छोरी ल्याउने प्रक्रिया गरिरहेको जनाइएको छ ।

त्यस्तै वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका एक धनकुटाका एकजनाको निधन भएको छ। धनकुटा नगरपालिका–७ डाँडागाउँका ५४ वर्षीय उत्तरकुमार राईको गत मंगलबार निधन भएको हो। मंगलबार बिहान शौचालयमा बे’होस भेटिएका राईको उपचारका क्रममा करिव ११ बजे निधन भएको हो। उनको कोरियाको सोल सिटीस्थित छनान अस्पतालमा निधन भएको कोरियामा कार्यरत धनकुटा उत्तरपानीका लालचन लामाले जानकारी दिए।

रोजगारीका लागि करिव १० बर्ष अघि उनी कोरिया पुगेका हुन् । त्यसअघि धनकुटाको हुलाकटोलमा उमिसा पुस्तक पसल सञ्चालन गर्दै आएका थिए ।मृ’तक राईका श्रीमती र एक छोरी छन् । राईको निधनको खबर सुनेपछि उनकी श्रीमती बे’होस छिन् । बे’होस अवस्थामा रहेकी उनलाई धनकुटा जिल्ला अस्पतालमा राखिएको छ ।

बेलायती स्वास्थ्यमन्त्रीलाई कोरोना भाइरस संक्रमण

बेलायतकी स्वास्थ्य मन्त्री तथा कन्जरभेटिभ पार्टीकी सांसद नादिन डोरिसमा कोरोना भाइरसको सं’क्रमण देखिएको छ । डोरिस कोरोना भाइरसद्वारा सं’क्रमित हुने पहिलो सांसद हुन् । आफूलाई कोरोना लागेको थाहा पाएपछि परामर्शपछि पाएको सबै सावधानी अपनाएको र आफूलाई घरभित्र सेल्फ आइसोलेशनमा राखेको उनले जानकारी दिइन् ।

डोरिजमा कोरनाभाइरसको संक्रमण पुष्टि भएपछि त्यहाँको पब्लिक हेथ इङ्ल्याण्डले डोरिजको सम्पर्कमा आएका मानिसहरूको लगत निकाल्न थालेको छ। उनले हालैका दिनहरूमा वेस्ट मिनिस्टर र आफ्नो निर्वाचन क्षेत्रमा कतिवटा भेटघाट गरिन् भन्ने एकिन भइसकेको छैन। संक्रमण भेटिएकी ६२ वर्षिया डोरिजले ट्वीट गर्दै ‘सार्है खराब भयो तर मलाई जहाँसम्म लाग्छ म यसको सबैभन्दा खराब अवस्थामा छु’ भनेकी छन्।

ट्वीटमा उनले आफूसँग बस्दै आइरहेकी आफ्नी ८४ वर्षिय आमाले खोक्न सुरु गरेकाले त्यसलाई लिएर आफू चिन्तित रहेको बताएकी छन्। ‘उहाँको भोलि परीक्षण हुँदैछ। सुरक्षित रहनुहोस् र सबै जना हात धुँदै गर्नुहोस्’, ट्वीटमा उनले भनेकी छन्।

त्यहाँको स्वास्थ्य विभागका अनुसार बिहीबार उनले पहिलोपटक संक्रमणको लक्षणहरू देखाइएकी थिइन्। सो दिन उनी प्रधानमन्त्रीले डाउनिङ् स्ट्रिटमा आयोजना गरेको कार्यक्रममा सहभागी बनेकी थिइन्। शुक्रबारदेखि उनी ‘सेल्फ आइसोलेसन’मा बसिरहेकी छन्। बेलायतमा कोरोना भाइरसका कारण अहिलेसम्म ६ जनाको निधन भइसकेको छ भने ३ सय ८२ जनामा संक्रमण देखिएको छ ।

Leave a Reply