Saturday, April 17, 2021
Home > समाचार > बास्काेटाकाे घरमा ब’म वि’स्फाेट गर्नेलाई कडा कारबाही गर्न प्रचण्डकाे माग

बास्काेटाकाे घरमा ब’म वि’स्फाेट गर्नेलाई कडा कारबाही गर्न प्रचण्डकाे माग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय कमिटी सदस्य, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरस्थित निजी निवासमा आज बिहान गरिएको प्रेसर कुकर ब’म प्र’हारको घटनाको निन्दा गर्नुभएको छ ।
अध्यक्ष दाहालले आज विज्ञप्ति जारी गरी मध्यपुर नगरपालिका वडा नं १ लोकन्थली भक्तपुरस्थित निजी निवासमा आ’तङ्क’कारी समूहले प्रेसर कुकर ब’म प्रहा’र गरेर क्षति पुर्याएको उल्लेख गर्नुभएको छ ।

“म हाम्रो पार्टीको तर्फबाट उक्त आ’पराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्दछु, घटनामा संलग्न अपराधीलाई नियन्त्रणमा लिन र कडा कानूनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु”, विज्ञप्तिमा भनिएको छ । बुधबार बिहान पूर्वमन्त्री बास्काेटाकाे मध्यपुरथिमि नगरापालिका १ काे लाेकन्थली, मनाेहरा फाँटमा रहेको घर नजिकै ब’म वि’स्फो’ट हुँदा पर्खाल र घरको सिसामा क्षति पुगेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक (डीएसपी) शान्तिराज कोईरालाले जानकारी दिनुभयो ।

यस्तै नजिकै रहेको बा १९ च ४७८१ नम्बरको भ्यानको सिसामा तथा छिमेकी कुबेर केसी र कपिल घिमिरेको घरको सिसासमेत फुटेको प्रहरीले जनाएको छ । वि’स्फोट कसले गरायो भन्ने खुलेको छैन । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि सरकारले प्रक्रियाअघि बढाइरहेका बेला तत्कालीन सञ्चार मन्त्री बास्कोटाले स्विस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएपछि उहाँले राजीनामा दिनुभएको थियो ।

बेलायती स्वास्थ्यमन्त्रीलाई कोरोना भाइरस संक्रमण

बेलायतकी स्वास्थ्य मन्त्री तथा कन्जरभेटिभ पार्टीकी सांसद नादिन डोरिसमा कोरोना भाइरसको सं’क्रमण देखिएको छ । डोरिस कोरोना भाइरसद्वारा सं’क्रमित हुने पहिलो सांसद हुन् । आफूलाई कोरोना लागेको थाहा पाएपछि परामर्शपछि पाएको सबै सावधानी अपनाएको र आफूलाई घरभित्र सेल्फ आइसोलेशनमा राखेको उनले जानकारी दिइन् ।

डोरिजमा कोरनाभाइरसको संक्रमण पुष्टि भएपछि त्यहाँको पब्लिक हेथ इङ्ल्याण्डले डोरिजको सम्पर्कमा आएका मानिसहरूको लगत निकाल्न थालेको छ। उनले हालैका दिनहरूमा वेस्ट मिनिस्टर र आफ्नो निर्वाचन क्षेत्रमा कतिवटा भेटघाट गरिन् भन्ने एकिन भइसकेको छैन। संक्रमण भेटिएकी ६२ वर्षिया डोरिजले ट्वीट गर्दै ‘सार्है खराब भयो तर मलाई जहाँसम्म लाग्छ म यसको सबैभन्दा खराब अवस्थामा छु’ भनेकी छन्।

ट्वीटमा उनले आफूसँग बस्दै आइरहेकी आफ्नी ८४ वर्षिय आमाले खोक्न सुरु गरेकाले त्यसलाई लिएर आफू चिन्तित रहेको बताएकी छन्। ‘उहाँको भोलि परीक्षण हुँदैछ। सुरक्षित रहनुहोस् र सबै जना हात धुँदै गर्नुहोस्’, ट्वीटमा उनले भनेकी छन्।

त्यहाँको स्वास्थ्य विभागका अनुसार बिहीबार उनले पहिलोपटक संक्रमणको लक्षणहरू देखाइएकी थिइन्। सो दिन उनी प्रधानमन्त्रीले डाउनिङ् स्ट्रिटमा आयोजना गरेको कार्यक्रममा सहभागी बनेकी थिइन्। शुक्रबारदेखि उनी ‘सेल्फ आइसोलेसन’मा बसिरहेकी छन्। बेलायतमा कोरोना भाइरसका कारण अहिलेसम्म ६ जनाको निधन भइसकेको छ भने ३ सय ८२ जनामा संक्रमण देखिएको छ ।

Leave a Reply