Wednesday, July 14, 2021
Home > भिडियो > CCTV फुटेजमा कैद थिए निर्मलाका हत्यारा, काे काे थिए एसपी विष्टकाे छोराकाे बर्थ डे पार्टीमा?… भिडियोमै हेर्नुहाेस

CCTV फुटेजमा कैद थिए निर्मलाका हत्यारा, काे काे थिए एसपी विष्टकाे छोराकाे बर्थ डे पार्टीमा?… भिडियोमै हेर्नुहाेस

यो भिडियो र फोटो हामीले युटुबबाट लिएका हौ, हेडलाइन अनुसारको समाचार तलको भिडियोमा हेर्नुहोस्

कञ्चनपुर । १३ वर्षिय वालिका निर्मला पन्तको हत्या भएको दिन कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरणले महेन्द्रनगरकै ओपेरा होटेलमा निर्मलाको फोटोसुट गरेका थिए । कतिपय स्थानीयले घटनामा उनको संलग्नताको समेत आशंका गरेका छन् । स्थानियको आशंका बढेपछि त्यसतर्फ पनि अनुसन्धान भइरहेको छ । होटेलको सिसिटिभीको फुटेज डिलिट भइसकेको छ । १५ दिनअघिको फुटेज अटोमेटिक रूपमा डिलिट हुने गरेको थियो ।

सो फुटेज रिकभर गर्नका लागि होटेलको हार्डडिस्क प्रहरी मुख्यालय पठाइएको कञ्चनपुरका एसपी कुवेर कडायतले बताउनु भयो। त्यस्तै महेन्द्रनगरकै सडकमा रहेको अर्को सिसिटिभीको हाडडिस्क पनि ‘रिकभर’ गर्न लागिएको छ ।
होटल ओपेरादेखि निर्मलाको हत्या भएको स्थानसम्म सडकमा राखिएको सिसिटीभी फुटेजलाई पनि प्रहरीले अनुसन्धानको आधार बनाएको छ ।

 

भिडियोः

अनुसन्धान विफल हुने डरमा अविश्वसनीय प्रमाण जुटाएर त्यसलाई अन्तै मोड्न खोज्नु आफैँमा आपत्तिजनक कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याले सबैको मनमस्तिष्क उद्वेलित गरेको छ । स्थानीयदेखि राष्ट्रिय राजनीतिसम्म यसैमा अल्झेको छ । झन्डै ५० दिन बितिसक्दा पनि अझै अपराधीको कुनै सुराक प्रहरीले पाउन सकेको छैन । पछिल्लो समयमा शंकास्पद भनी पक्राउ परेका व्यक्ति पनि दोषी साबित हुने कुनै प्रमाण नभेटेको भन्दै प्रहरीले रिहा गरिसकेको छ ।

यसले गर्दा यो बलात्कार र हत्याजस्तो जघन्य अपराधको अनुसन्धान ५० दिनपछि लगभग शून्यमा झरेको छ । अझै पनि यो बलात्कार र हत्याको समयमै विश्वसनीय अनुसन्धान भई अपराधीलाई सजाय दिलाउन सकिएन भने यो घटना त्यत्तिकै सेलाएर जाला जस्तो छैन । किनकि, निर्मलालाई न्याय माग्दै कञ्चनपुरबाट उठेको आन्दोलन यतिखेर राजधानी छिरेको छ ।

उनका बाबुआमा छोरीलाई न्याय माग्दै राजधानीमा भाैँतारिएर घर फर्किसकेका छन् । यस्तो अवस्थामा पनि अपराधी पत्ता लगाएर उसलाई विद्यमान कानुनी व्यवस्थाअनुसारको सजाय भएन भने अपराधीको मनोबल बढ्नेछ र अन्य कैयौँ निर्मलाहरूको अस्मिता लुटिइरहनेछ र धेरैले ज्यानैसमेत गुमाउन बाध्य हुनु नपर्ला भन्न सकिन्न ।

बलात्कारपछि हत्या चाहे त्यो जोसुकैले गरेको होस्, ऊ खुंखार अपराधी हो । त्यस्तो आपराधिक मानसिकता भएको व्यक्तिले ढिलो वा चाँडो अर्को अपराध अवश्यै गर्छ । क्रूरताको पराकाष्ठा झल्कने यो घटनाको अहिलेसम्म यथार्थ तथ्य, छानबिन प्रक्रिया पूरा हुन नसक्नु र घटनाको वास्तविकता सार्वजनिक नहुनु दुःखद हो ।

बलात्कारपछि हत्या गरेर अपराधीले नै प्रमाण नष्ट गरेका हुन् वा यथेष्ट प्रमाण प्रहरीले भेट्टाउन नसकेको हो, त्यो समयले नै बताउला । तर, जसले जेसुकै भनोस्, प्रहरीले सुरुवाती चरणमा फितलो अनुसन्धान गरेकै हो ।

उसले वस्तुस्थितिको गम्भीरता बुझेन वा बुझ्ने कोसिस नै गरेन । सञ्चारमाध्यममा आएका समाचारलाई आधार मान्ने हो भने प्रहरीले यस घटनामा अपराध अनुसन्धानमा अपनाउनुपर्ने न्यूनतम मापदण्डसमेत नअपनाएको प्रस्ट देखिन्छ ।

राज्यले दण्ड र सजायका लागि प्रारम्भिक अनुसन्धान गर्न जिम्मेवारी सुम्पेको प्रहरीले यस्ताखाले जघन्य कसुर वा अपराधसँग सम्बन्धित कुनै प्रमाण लोप वा नाश हुन नदिनुका साथै कसुर गर्ने व्यक्ति भाग्न, उम्कन नपाउने आवश्यक र प्रभावकारी व्यवस्था गर्नुपर्ने हो, जुन यस घटनामा गरेको देखिन्न ।

त्यसैगरी अनुसन्धान अधिकारीले घटनास्थलको मुचुल्का तयार गरेपछि त्यस्तो ठाउँलाई अरू मानिस प्रवेश गर्न नपाउने गरी घेरा हाली यथासम्भव त्यस्ता ठाउँ र त्यहाँ देखिएको वा पाइएको हत्केला र औँला वा पाइलाको चिह्न, निसाना वा अन्य कसुर ठहर गर्न मद्दत पु-याउने कुनै पनि महत्वपूर्ण कुरा संकलन र संरक्षण गर्नुपर्ने हो, त्यसमा समेत प्रहरी चुकेको देखिन्छ ।

राज्यमा कानुनी शासनको प्रत्याभूति दिलाउने, शान्तिसुरक्षा कायम गर्ने राज्यको पहिलो निकाय नै प्रहरी हो । सधैँ स्वतन्त्र, तटस्थ ।

दुई महिना हुन लाग्दा पनि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान शून्यमै छ । अनुसन्धान लम्बिँदै जाँदा घटना झन् रहस्यमय बन्दै गएको छ । प्रहरीले सुरुवाती अनुसन्धानमा लापरबाही गर्दा कतिपय प्रमाण नष्ट भएका छन् । जसकारण अनुसन्धान डिएनए र पोस्टमार्टम रिपोर्टमा भर पर्नुपरेको छ ।

निर्मलाको पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि नै हत्या गरिएको उल्लेख छ । सेती अञ्चल अस्पतालमा भएको पोस्मार्टममा मृत्युको कारण ‘घाँटी अठ्याएर’ भन्ने उल्लेख छ । बलात्कारपछि आफ्नो पहिचान खुल्ने डरले बलात्कारीले घाँटी अठ्याएर हत्या गरेको हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् । पोस्टमार्टम रिपोर्टमा शरीरका अन्य भागमा चोटपटक देखिन्न ।

नयाँ पत्रिकालाई प्राप्त पोस्टमार्टम रिपोर्टअनुसार १० साउनमा साँझ करिब ५ बजेतिर उनको हत्या भएको देखिन्छ । भोलिपल्ट साँझ ५ बजे शवको पोस्टमार्टम भएको थियो । पोस्टमार्टम गरिएको समयभन्दा करिब २४ देखि २६ घन्टाअघि निर्मलाको मृत्यु भएको रिपोर्ट चिकित्सकले दिएका छन् । रिपोर्टमा उनको घाँटीको कर्ड भाँचिएको देखिन्छ । शरीरका अन्य भागमा चोटपटक छैन, बाँया आँखामा भने नीलडाम थियो । पोस्टमार्टम गर्दा योनिबाट रगतजस्तो वस्तु बगिरहेको चिकित्सकले उल्लेख गरेका छन् ।

केन्द्रबाट खटाइएका दुईसहित अनुसन्धानमा चार टोली
घटनाको अनुसन्धानमा प्रहरी प्रधान कार्यालयले खटाएका दुई टोली कञ्चनपुरमा छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसएसपी ठाकुर ज्ञवाली नेतृत्वको टोलीले प्राविधिक रूपमा अनुसन्धानका लागि जिल्लाको टोलीलाई सहयोग गरेको छ । सूचना संकलनदेखि विभिन्न कोणबाट सो टोलीले तीन सातादेखि अनुसन्धान गरिरहेको छ ।

त्यस्तै, प्रहरी प्रधान कार्यालयबाट एसपी दुर्गा सिंह नेतृत्वको अर्काे टोलीले पनि अनुसन्धान गरिरहेको छ । महिलाको नेतृत्वमा टोली खटाउँदा थप सूचना प्राप्त हुन सक्ने र अनुसन्धानमा सहज हुने प्रहरीको विश्वास छ ।

त्यस्तै अनुसन्धानमा भएको लापरबाहीको विषयमा छानबिन गर्न सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको टोलीले पनि छानबिन गरिरहेको छ । प्रहरीले डिआइजी धिरु बस्नेतको नेतृत्वमा अर्काे आन्तरिक छानबिन समिति गठन गरेर प्रहरीको कमजोरी केलाइरहेको छ ।

एसपी विष्टसहित ६ प्रहरी निलम्बित
अनुसन्धानमा लापरबाही गरेको आरोपमा तत्कालीन एसपी डिल्लीराज विष्टसहित डिएसपीहरू अंगुर जिसी र ज्ञानबहादुर सेठी, इन्स्पेक्टरहरू जगदीश भट्ट र एकेन्द्र खड्का तथा असइ रामसिंह धामीलाई निलम्बन गरिसकेको छ ।

उनीहरूले स्थानीय युवक दिलीपसिंह विष्ट अभियुक्त भएको भन्दै सार्वजनिक गरेका थिए । तर, डिएनए परीक्षणमा विष्ट निर्दाेष देखिए । तर, पक्राउ परेपछि विष्टले बताएको घटना विवरण र घटनास्थलको विवरण ठ्याक्कै मिलेकाले उनी नै अभियुक्त भएको पुरानो अनुसन्धान टोलीको दाबी छ । डिएनए परीक्षणको प्रमाण संकलनमा ‘त्रुटि’ भएको हुन सक्ने उनीहरूको आशंका छ । डिएनए नमिलेपछि विष्ट साधारण तारेखमा छुटिसकेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!